खोटाङ, १ कात्तिक : आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
जिल्लाबाट सिफारिशमा परेका ४३ जना आकाँक्षीमध्येबाट छनोट गरेर प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुँगो लगाएको हो ।
काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजिमयलाई छनोट गरेको छ । त्यस्तै, प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय गरेको छ ।
समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि पूर्व सभासद् हीरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम छनोटमा परेको काँग्रेसले जनाएको छ । अन्य दलले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।