May 9, 2020

खुल्न थाले देशभरका उद्योग

बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

विराटनगर, कच्चा पदार्थको अभावबीच सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएका छन् । भण्डारण, बाटोमा रहेका र आयात प्रक्रियामा रहेको कच्चा प्रशोधन उद्योगमा सुरु गरिएको हो ।

करिडोरका धेरै उद्योगीको तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा आएका हुन् । 

खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेका थिए । सरकारले तीन दिन अगाडिको मन्त्रिपरिषद् बैठकबाट औद्योगिक (मदिराबाहेक) क्षेत्रलाई खुला गर्ने निर्णय गरेपछि बाँकी उद्योग क्रमशः सञ्चालनमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण