काठमाडौं– कुनैबेलाका चर्चित राजनीतिक खेलाडी हुन् खुमबहादुर खड्का । जानकार भन्छन्– ‘खड्का भनेपछि कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासमेत एकपटक सोच्न बाध्य हुन्थे । एक समय प्रहरी प्रशासनमा समेत आफ्नो पकड राखेका खड्काले गिरिजाप्रसाद कोइरालालाई २०५४ को स्थानीय र त्यसपछिको संसदीय चुनावमा भरपुर आर्थिक सहयोग गरेका थिए ।’
जसले गर्दा खड्काको उचाई पार्टीभित्र र बाहिर बढ्दै गएको थियो । खड्काको उचाई आर्थिक रुपमा पनि बढ्दै गएपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासमेत झस्किन पुगेका थिए । त्यतिवेला शेरबहादुर देउवा पार्टीमा शक्तिशाली नभएपनि कोइरालासँग समेत राम्रो सम्बन्ध नभएकाले उनले खुमबहादुरलाई भित्रि रुपमा सहयोग पुर्याइरहेका थिए ।
काँग्रेसका एक पुराना नेताका अनुसार २०५९ सालमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा पुग्दै थियो । राजाको प्रत्यक्ष शासनकाल भएकाले त्यसवेला राजाले सम्पूर्ण शक्ति हातमा लिएका थिए । जसले गर्दा राजनीतिक दलहरुको भूमिका शासन सत्तामा अत्यन्त कमजोर हुँदै गएको थियो भने कांग्रेस नेता खुमबहादुर खड्काको सक्रियतामा माओवादीसँग लड्न भिड्न छुट्टै दस्ता बनाइएको थियो । जुन दस्ताको काम थियो, ‘माओवादीलाई ठेगान लगाउनु’ ।
त्यहिबेला राजाले पनि माओवादी अप्रेशनका नाममा सेनालाई सक्रिय बनाउँदै लगेका थिए । त्यसमा खुमबहादुरको दस्ताको सहयोग लिन खोजेपनि खुमबहादुरले राजालाई सहयोग गरेनन् । फलस्वरुप माओवादी अप्रेशनमा तत्कालीन राजा ज्ञानेन्द्र असफल भए । जसको केही महिना नवित्दै खुमबहादुर खड्काविरुद्ध सर्वोच्च अदालतमा अकुत सम्पति कमाएको भन्दै मुद्दा पर्यो ।
झण्डै तीन करोडको मागदावीसहित परेको सो मुद्दामा सर्वोच्चबाट ९२ लाख विगो र १८ महिनाको जेलसजाय भुक्तान गरेर खड्का बाहिर निस्किए । उनी बाहिर निस्कदा उनका समर्थकले अविरजात्रा नै गरेर नगर घुमाएका थिए । जतिबेला मुलुकको शासन व्यवस्था नै परिवर्तन भैसकेको थियो । मुलुकबाट राजसंस्था पूर्णत हटिसकेको थियो भने तत्कालीन शसस्त्र युद्ध गरेको माओवादी संसद र सरकारमै आइसकेको थियो । नयाँ व्यवस्था अुनुसार मुलुकमा यहिबीचमा दुईवटा संविधानसभाका निर्वाचन भैसकेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भैसकेको थियो । त्यसपछि कांग्रेसको नेतृत्व कोइराला परिवारकै अर्का नेता सुशील कोइरालामा सरेको थियो । देउवा भने कोइराला परिवारबाट काँग्रेसको विरासत आफूमा तान्ने प्रयासमा निरन्तर लागिरहेका थिए । जुन स्वभाविक पनि थियो ।
सुशील कोइरालाले कांग्रेसको नेतृत्व छोटो समय मात्र गर्न भ्याए । उनको देहान्तपछि भने देउवालाई टक्कर दिन रामचन्द्र पौडेल समुहले प्रयास गरेपनि उनि असमर्थ रहे । सुशील कोइरालाको देहान्तपछि भएको कांग्रेस महाधिबेसनमा अन्ततः तिनै खुमबहादुर खड्का लगायतको सहयोगमा देउवा सभापति बन्ने प्रयास गरे र सफल पनि भए । जसको गुन तिर्नु थियो शेरबहादुर देउवालाई ।
त्यहि भएर अहिले प्रधानमन्त्री समेत रहेका बेला देउवाले विगतमा खड्काले लगाएको गुण तिर्न र उनीप्रति अनुग्रहित देखिन उपाय निकाले ‘राजनीतिक दलसम्बन्धी ऐन परिवर्तन गर्ने र खड्कालाई निर्वाचनमा लड्ने बाटो खुला गर्ने ।’ देउवाको यो चाहाना पार्टीका धेरै नेता तथा सांसदहरुलाई पनि मन भने परेको थिएन । तैपनि सभापतिबाटै फर्मान जारी भएपछि उनीहरुले देखाउनकै लागि संसदबाट राज्यव्यवस्था समितिमा पठाएको विधेयकमा जर्बजस्ती संशोधन विधेयक दर्ज गराएका थिए । काँग्रेस सांसदको संशोधनमा भ्रष्टचारी ठहर भएकाले तीन बर्षपछि चुनाव लड्न पाउने गरी कानुन बनाउन माग थियो ।
जसको नेतृत्व गरेका थिए आनन्द ढुङगानाले । जुन संशोधन विधेयकका कारण एक महिना अघि राज्यव्यवस्था समितिमा प्रवेश पाएको विधेयकमाथि छलफल अघि बढ्न नसकेर निर्वाचनसम्बन्धि कानुन नबन्दा मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नै प्रभावित बन्ने अवस्था आएको भन्दै सर्वत्र आलोचना हुन थाल्यो ।
झण्डै एकसाता सवैजसो सञ्चारमाध्यले प्रधानमन्त्री देउवाकै कारण सो विधेयक अलपत्र परेको भनेर किटानका साथ समाचारहरु प्रकाशन र प्रशारण गरिरहे । जसले गर्दा देउवा पछि हट्न बाध्य बने । मिडिया, पार्टीभित्रकै विरोधको सामना गर्न सक्ने नभएपछि देउवा पछाडि हटेका छन् ।
चौतर्फि आलोचना भएको बुझेपछि उनै देउवाले संशोधन दर्ता गर्ने व्यक्तिहरुलाई आइतबार टेलिफोन गरेर फिर्ता लिन निर्देशन दिएका थिए । देउवाको निर्देशनपछि सोमबारै सो विधेयक फिर्ता गरियो । संशोधन विधेयक फिर्ता लिएलगत्तै सोमबारकै राज्यव्यवस्था समितिको बैठकले सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगेका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहित ल्याएको प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी बिधेयक पारित गर्यो ।
समितिबाट यो विधेयक पारित भएसँगै खड्कालाई सहयोग गर्ने देउवाको योजना अन्तत असफल सावित बन्न पुग्यो । योसँगै अब विधेयक ऐनका रुपमा आउनेछ र भ्रष्टाचारी ठहर भएकालाई सधैका लागि निर्वाचन लड्ने बाटो बन्द हुनेछ ।
कांग्रेस श्रोतका अनुसार खासगरी यो संशोधन विधेयक फिर्ता नभएको भए खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीहरु मुलुकको राजनीतिमा पुन सक्रिय हुन पाउने थिए । तर, समितिबाट मस्यौदाका रुपमा पास भएको यो विधेयक सोमबारै बस्ने व्यवस्थापिका संसद बैठकमा पेश गरि पारित गर्दै कानुनका रुपमा आउनेभएपछि त्यो सम्भावनाको अन्त्य भएको छ । योसँगै खुलबहादुरलाई ‘ऋण’ तिर्ने देउवाको प्रयास पनि असफल भएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।