खाने तरिका सिकेमा वजन घट्छ, खाना घटाउनु पर्दैन ।

 1444449035Pic-eating-healthy-1024x674

खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले । तर, यो गलत तरिका हो । किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ । वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ ।

कम खाउँ मासु

मांसुजन्य खानेकुरामा क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।

खाने भाँडामा ध्यान दिउँ

सन् २०१२ मा कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् ।

संगीत

मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ ।

 

बिहानै पानी

पानी पिएर हरेक दिन सुरुवात गर्नुस् । बिहानै पानी पिउनाले  डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।

 

बढी चपाउने

 
बढी चपाएर खाना खान बढी समय लाग्छ । बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ । त्यही भएर खूब चपाएर खाने गर्नुस् । चम्चाले खाने गर्नुभएको छ भने एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो–छिटो खाइन्छ  ।

ताछ्ने, छोडाउने खाना खाउँ

सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् । ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरै मात्र खाइन्छ । ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।

 

 खानाअघि खाउँ सुप

सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो । त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने