२७ फागुन, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।
अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास निगमले १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।
अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५२ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ ।
पट्रोल र डिजेलमा यथावत
पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । ‘उपभोक्तालाई राहत दिन कै लागि तेलमा मुल्य बढाइएको छैन’ पोखरेलले भने ।
तेलमा भएको नोक्सानका कारण निगगमलाई अहिले मासिक झण्डै ४० करोड घाटा छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेको निगमलाई पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा छ ।
भोलि पनि तेल वितरण
यसैबीच निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न शनिबार पनि थानकोट डिपो खोल्ने भएको छ ।
प्रवक्ता पोखरेलले शनिबार पनि डिपो खोलेर तेल वितरण गर्ने बताए । तराई क्षत्रेमा उत्पन्न समस्या कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा पम्पहरुमा लामो लाइन देखिएको छ । त्यसै कारण तेलको माग दोब्बर भ्एको छ ।त्यसलाई सम्बाधेन गर्न शनिबार पनि पम्पहरुमा तेल पठाउन लागिएको निगमले जानकारी दिएको छ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
काठमाडौँ, भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द