क्रिकेट संघको विवाद

Nepal-Cricket-And-icc२३ चैत, काठमाडौं । नेपाल सल्लाहकार समूहमा नेपाल क्रिकेट संघको संक्रमणकालीन व्यवस्थाबारे विवाद देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले गठन गरेको सल्लाहकार समूहमा प्रस्तावित विधानबारे छलफल भइरहेको छ ।

तर, निर्वाचिन क्यान र अर्को समूहबीच नयाँ निर्वाचन नहुँदासम्म कसले नेतृत्व गर्ने भन्ने विवाद देखिएको छ ।

सल्लाहकार समूहमा कानुन व्यवसायीको तर्फबाट पेश भएको विधानको मस्यौदामा वर्तमान सल्लाहकार समूहलाई तदर्थ समितिमा परिणत गर्ने प्रस्ताव गरिएको छ ।

तर, चतुरबहादुर चन्द समूहले यो प्रस्ताव ठाडै अस्वीकार गरेको छ । उनीहरुले काउन्टर प्रस्तावका रुपमा निर्वाचित क्यानलाई तदर्थ समूह बनाउन प्रस्ताव गरेको छ ।

‘अहिले केही मानिसहरु सबै संरचनालाई खारेज गरौं र तदर्थ समिति बनाऔं भन्दैछन् । तर, सल्लाहकार समूहले बनाएको विधान हाम्रै साधारणसभाले अनुमोदन गर्नु पर्नेछ’ सल्लाहकार समूहमा रहेका निर्वाचित क्यानका एक सदस्यले भने, ‘आफैंलाई भस्म पार्ने विधान कसरी पास गर्ने रु’

चन्द समूहले अहिले भएका जिल्ला संघहरुलाई के गर्ने भन्ने प्रश्न पनि अघि सारेको छ ।

सल्लाहकार समूहमा केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने सहमति भएको छ । जिल्लामा मापदण्ड बनाएर मात्र सदस्य दिनेमा पनि सहमति जुटेको छ ।

तर, जिल्लाको मताधिकारबारे सहमति हुन सकेको छैन । चन्द समूहले अहिले जस्तै साधारणसभामा जिल्ला संघको पनि प्रतिनिधि हुनु पर्ने माग राखेको छ ।

सल्लाहकार समूहका प्रवक्ता रोहित दाहालले भने विधानमा छलफल भइरहेको बताए ।

आईसीसीले आगामी जुनमा हुने बोर्ड बैठकअघि नै नेपालमा सहमति होस् भन्ने चाहेको छ ।

त्यसअघि सल्लाहकार समूहले सहमति गरे नेपालको निलम्बन फुकुवाबारे छलफल हुनसक्नेछ ।

तर, चन्द पक्षका एक सदस्यले भने त्यो सम्भावना कम रहेको बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘केही मुख्य विषयमा सहमति हुन सकेको छैन । यही अवस्थामा जुन अगावै सहमति जुट्ने सम्भावना कम छ ।’

अर्को पक्षले भने चन्द पक्ष सहमति नआए बहुमतबाट पनि अघि बढ्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने