३१ चैत, काठमाडौं । कानुनी अड्चनकै कारण क्यासिनोबाट अर्बौं रोयल्टी असुल गर्न नसकिएको सरकारले स्पष्टिकरण दिएको छ ।
क्यासिनोहरुबाट अर्बौंको रोयल्टी उठाउन आर्थिक ऐन नै बाधक रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यले विहीबार श्रम समितिमा स्पष्टिकरण दिएका छन् ।
सरकारले काठमाडौं सहित देशका विभिन्न भागमा रहेका ८ वटा क्यासिनोहरुबाट १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ रोयल्टी असुल्न बाँकी छ । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भएको छलफलमा सहसचिव आचार्यले आर्थिक ऐनले समयसीमा नतोकेको कारण क्यासिनोहरुबाट रोयल्टी रकम असुल्न समस्या भएको बताएका हुन् ।
आर्थिक ऐनमा जरिवानाको समेत व्यवस्था रहेकोले रोयल्टी नतिर्ने क्यासिनोहरुलाई बन्द गराउन नसकिएको मन्त्रालयले उल्लेख गरेको हो । क्यासिनोहरुले रोयल्टी नतिरेको बर्षौ हुँदा पनि असुल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । सहसचिव आचार्यले सर्वोच्च अदालतको आदेशबाट संचालनमा आएका क्यासिनोहरुको इजाजत दस्तुर र नविकरण दस्तुर माग गर्न समेत कानुनी अड्चन रहेको बताए ।
होटल याक एण्ड यतिको रोयल क्यासिनोबाट चालू आर्थिक वर्षभित्रमा ३ करोड रुपैयाँ उठाउनुपर्नेमा ५० करोड मात्रै असुल हुन सकेको जानकारी पनि सहसचिव आचार्यले समितिलाई दिएका छन् ।
सरकारले अन्नपूर्ण इन्टरनेशनल, होटल एभरेष्ट इन्टरनेशनल, होटल सोल्टी, होटल मल्ल, होटल याक एण्ड यति, नेपाल रिक्रिएसन, ह्याप्पी आवर, पोखरास्थित फूलबारीबाट अर्बौं रोयल्टी असुल गर्न बाँकी छ । व्यवस्थापिका संसदको विभिन्न समितिहरुले यस्तो रोयल्टी रकम असुल गर्न सरकारलाई निर्देशन दिदै आएको भएपनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने कानुनी अडचन देखाउदै आएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।