कोहली-कुंबले विवादपछि गवास्करले भने- विराटलाई नै सोध्नु प्रशिक्षक कसलाई बनाउने हो

virat_kumble__1498116673_749x421

९ असार , मुम्बई । अनिल कुंबले र विराट कोहलीको विवादमा भारतीय टिमका पूर्व कप्तान सुनील गवास्करले भने टिमको कप्तानलाई मन पर्छ/पर्दैन भन्ने विषयलाई यति धेरै मान्यता दिइन्छ भने क्रिकेट सल्लाहकार समितिको के काम ? भन्दै प्रश्न गरेका छन् ।  बीसीसीआईको क्रिकेट सल्लाहकार समितिमा सचिन तेन्दुल्कर, सौरव गांगुली र वीवीएस लक्ष्मण छन् र टिमको प्रशिक्षक चुन्ने जिम्मा यिनै सदस्यलाई दिइएको हुन्छ ।

जिद्दी विराटले सीएसीको कुरा पनि नमानेपछि

लन्डन च्याम्पियन्स ट्रफीका समयमा क्रिकेट सल्लाहकार समितिले विराट कोहली र अनिल कुंबलेसँग छुट्टाछुट्टै भेट गरेको थियो । तीनै सदस्यले अनिल कुंबलेलाई नै टिमको प्रशिक्षक बनाउनु पर्ने सुझाव दिएतापनि विराटले यो निर्णयलाई अस्वीकार गरेका थिए ।

कप्तानकै मनोमानी चल्ने हो भने सीएसीको काम के ?

सुनील गवास्कर यस घटनाका कारण धेरै निराश भएका थिए । टिमका खेलाडी र कप्तानले नै प्रशिक्षक चुन्ने भएपछि सिएसीको निर्णयको कुनै अर्थ नरहेको उनको भनाइ छ । उनले भने सिधै वेस्ट इन्डिजका खेलाडी र कप्तान कोहलीलाई सोधेर सबै निर्णय लिने भए सबैको समय किन खेर फाल्नु ? भन्दै प्रश्न गरे ।  जबदेखि यो मुद्दा अगाडि आएको छ तब देखि गवास्करले अनिल कुंबलेकै पक्षमा बयान दिइरहेका छन् । उनले यस मुद्दालाई अझ अघि नबढाई कोहलीलाई सहमतिमा आउन आग्रह गरेका छन् ।

भारतीय टिमलाई गाली गरेपछि कुंबलेले यस्तो स्थितिको सामना गर्नुपर्‍यो

पाकिस्तानविरुद्ध १८० रनले लज्जास्पद हार बेहोर्नु परेपछि पनि टिमका कप्तान कोहलीले पाकिस्तानको तारिफ मात्रै गरे । तर यस विषयले उनीहरुका प्रशिक्षक भने पटक्कै खुसी थिएनन् । कुंबलेले खेल सकिएपछि उनीहरुलाई खुब गाली गरेका थिए । गाली खानु स्वभाभिक भएपनि स्रोतका अनुसार यसैका कारण खेलाडीहरु उनीप्रति रुष्ट भएका हुन् । उनले खेलाडीहरुलाई फाइनलमा अपेक्षा गरेभन्दा कम स्तरमा खेलेकाले असन्तुष्टी व्यक्त गरेका थिए ।

खेलाडीहरुलाई भने हारेकोमा केही दुःख लागेन

हारेपछि पनि टिमका खेलाडीहरुको अनुहारमा केही दुःख र पश्चाताप नरहेको देखेपछि प्रशिक्षक कुंबले झनै आक्रामक भएका थिए । उनीहरु खेलपछि पाकिस्तानका खेलाडीहरुसँग हाँसोठट्टा गर्दै गरेको देखा परेका थिए । त्यसपछि ड्रेसिङ रुममै गएर कुंबलेले टिमका बलरहरुलाई त्यस्तो खराब प्रदर्शन गरेपछि टिममा रहन नमिल्ने भन्दै कराएका थिए । उनका यस्ता तिता शब्दले विराट निकै निराश भए । सबै खेलाडीहरुले सक्दो कोशिस गरेका हुन् तर पाकिस्तानले अत्याधिक राम्रो प्रदर्शन गरेकाले पराजित हुनु परेको कोहलीले बताउँदै आएका छन् । उनको यस विषयमा प्रशिक्षकले भने कुनै पनि हालतमा सहमति नजनाउने बताएका छन् ।

कोहलीले भनेपछि बीसीसीआईले कुंबलेलाई जानकारी गरायो

यस विवादपछि बीसीसीआईका अधिकारीहरुलाई कोहलीले कुंबलेलाई प्रशिक्षकको रुपमा नरुचाएको बताएका थिए । यो कुराको जानकारी पाउने बितिक्कै कुंबलेले राजिनामा दिने मनसाय बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति