३० साउन, सुनसरी – सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए ।
त्यसैगरी सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार निरीक्षणका क्रममा कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र बिगतको तुलनमा मजवुत भएका कारण अहिले बाँध भत्किने स्थिति छैन ।
कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए ।
भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय मजदुर खटाएको र उनीहरुबाट थप सुरक्षा गरिने भएकाले भएकाले कोशी फुट्ने सम्भावना न्यून रहेको उनको भनाई थिया ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी