August 24, 2020

कोरोना र रुघाखोकी को अचुक औसधि जलनेती, यसरी गर्नुस

 


प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो जलनेती । यस क्रियामा एक जलनेती गर्ने भाँडा वा करुवाद्वारा नाकको एक प्वालबाट शुद्ध मनतातो, नुनिलो पानी प्रवेश गराई अर्को प्वालबाट झार्ने गरिन्छ । जसले गर्दा नाकभित्रको फोहोरको पूर्णरुपमा शुद्धिकरण हुने गर्दछ । यस विधिलाई नै जलनेती भनिन्छ ।

जलनेती गर्ने विधिहरु

• जलनेती पट वा जलनेतीका लागि बनेको करुवा आकारको ५०० मिलिदेखि ६०० मिलिसम्म पानी अटाउने भाँडो लिने ।

• आवश्यकताअनुसार दुई वा साढे दुई लिटर मनतातो पानीमा एक–दुई चम्चा नुन मिलाई मन्द नुनिलो बनाउने ।

• मनतातो, नुनिलो पानीलाई जलनेती गर्ने भाँडामा राख्ने अनि बिस्तारै नाकको बाँया प्वालमा जलनेतीको भाँडाको टुटी जोड्ने र टाउकोलाई विस्तारी दाहिनेतिर झुकाउने ।

• अनि नाकको प्वालमा बिस्तारै भाँडोको माध्यमबाट पानीको प्रवाह नाकको प्वालमा पठाउने ।

• नाकको बाँया प्वालबाट पानी पठाउँदा दायाँ प्वालबाट पानी निस्काशन हुन्छ र दायाँबाट पठाउँदा बाँयाबाट निश्काशन हुन्छ ।
• यो प्रक्रिया तीन–चार पटक दोहोर्याउने ।

• यसरी नाकबाट पानी पठाउँदा श्वासप्रश्वास मुखबाट गर्नुपर्दछ ।

•जलनेतीको विधि गरिसकेपछि नाकभित्रको फोहोर र जम्मा भएको पानीलाई फ्याँकी नाकलाई सुख्खा गराउनुपर्दछ ।

• सोको लागि थोरै अगाडि झुकेर दुबै कान बन्द गरी टाउकोलाई दायाँ–बाँया, तल–माथि गरी जोडजोडसँग नाकद्वारा श्वास फाल्नु पर्दछ, केही समय (एक, दुई मिनेट) ।

जलनेतीका फाइदाहरु

• लामो समयदेखि भइरहेको रुघा, खोकी, नाकबन्द हुने, गन्ध थाहा नपाउने एवम् पिनास, टाउको दुखाई, माइग्रेनजस्ता रोग र समस्या निराकरणका लागि फाइदाजनक रहने छ ।

• तनाव, अनिद्रा, एकाग्रतामा कमी, डिप्रेसनजस्ता मानसिक रोगहरुमा जलनेतीले समस्याको समाधान गर्नेछ ।

• धुँवा, धुलोबाट हुने एलर्जीमा महत्वपूर्ण क्रिया नै जलनेती हो ।

• नियमित जलनेती गर्नाले श्वासप्रश्वाससम्बन्धी समस्याको निराकरण गर्न सहयोग पु¥याउँछ ।

• नाकभित्र रहने फोहोर र धुलो, धुँवाबाट प्रवेश गरेका कीटाणुहरुको सफाइ गरी नाकको शुद्धिकरणको एक उच्चतमउपाय हो जलनेती

जलनेती गर्दा अपनाउनुपर्ने सावधानी

• नाकबाट पानी राख्दा मुखबाट श्वासप्रश्वास गर्नुपर्ने हुन्छ ।

• यदि नाकबाट नै गर्न थालियो भने पानी फोक्सोतर्फ जानसक्ने र दुर्घटना हुन सक्छ ।

• नाकबाट पूर्णरुपमा पानी निस्किएन र साइनेसमै रह्यो भने इन्फेक्सन बढ्नसक्छ । र जटिल समस्या हुनसक्छ ।

•नाक सुख्खा राख्नका लागि अन्तिममा जोडजोडले श्वासप्रश्वास गर्दा यदि कान बन्द गरिएन भने कानसम्बन्धी समस्या आउन सक्छ । साथै उच्च रक्तचाप, मुटुरोग, कानको इन्फेक्सन, नाकबाट रगत बग्ने समस्या र नाक पूर्ण रुपमा बन्द भएका विरामीले पूर्णरुपमा सावधानी अपनाउनु पर्दछ ।

अन्ततः जलनेती नाकको सरल शुद्धिकरण क्रिया भएतापनि यो क्रिया गर्नुपरेमा योग तथा प्राकृतिक चिकित्सक वा योग थेरापिष्टको पूर्ण निगरानिमा मात्र गर्नुपर्ने हुन्छ । यो विधि योग तथा प्राकृतिक अस्पतालहरुमा डाक्टरको निगरानीमा गराइने हुँदा सुरुको बेलामा चिकित्सकको सल्लाह र सुझाव लिएर मात्र गर्नु हुन अनुरोध गर्दछु । जलनेती गर्दा शुद्ध पानी हुनुपर्दछ । यदि फोहोर पानी भएमा इन्फेक्सन बढ्ने गर्दछ र जलनेतीमा प्रयोग गर्ने भाँडा र पानीको तापक्रम राम्रो र उपयुक्त हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी