माघ २६, एजेन्सी : चीनमा फैलिएको नयाँ भाइरस कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ३ पुगेको छ ।
करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मृत्यु हुनेको सँख्यालाई कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याले उछिनेको छ ।
सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको मृत्यु भएको छ भने, कुल मृतकको सङ्ख्या ८०३ पुगेको छ।
तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति हुन्। तर नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ।
यसैबीच कोरोना भाइरसबाट ३४,८०० मानिस सङ्क्रमित भइसकेका छन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।