कोरोना भाइरसको त्रासः फेसबुकको वार्षिक सम्मेलन समेत रद्द !

facebook_NoLBea5upvएजेन्सी, १६ फागुन ।  कोरोना भाइरसको त्रासका कारण फेसबुकले आफ्नो एक वार्षिक सम्मेलन रद्द गरेको छ ।

फेसबुकले क्लालिफोर्नियामा हुने भनिएको विकासकर्ता (डेभेलोपर) को वार्षिक सम्मेलन रद्द गरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिँदै गएपछि फेसबुकले पछिल्लो निर्णय लिएको हो ।

फेसबुकले गत वर्ष आयोजना गरेको डेभेलोपर कन्फेरेन्समा विश्वभरबाट ५ हजार मानिस सहभागी भएका थिए । यस वर्ष पनि विश्वभरका डेभेलोपरहरूलाई आकर्षित गर्ने उद्देश्यले यही मे ५ र ६ मा क्यालिफोर्नियाको सान होसमा विकासकर्ताको सम्मेलन हुने तय भएको थियो ।

तर कोरोना भाइरसको त्रासका कारण उक्त सम्मेलन स्थगित गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सम्मेलनको सट्टा स्थानीय रुपमा गरिएका क्रियाकलाप, भिडियो र प्रत्यक्ष प्रसारित सामग्रीको कम्बो आयोजना गरिने फेसबुकका फ्लाटफर्म निर्देशक कोन्स्टान्टिनोस पापामिल्टियाडिसले बताए ।

‘कार्यक्रमको सट्टा कम्पनीले स्थानीय रूपमा गरिएको क्रियाकलाप, भिडियोहरू र प्रत्यक्ष प्रसारित सामग्रीको कम्बो आयोजना गरिने छ’, पापामिल्टियाडिसले भने ।

त्यस्तै फेकबुकका प्रवक्ताले रोयटर्ससँग कुराकानी गर्दै आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध पनि लगाएको बताएका छन् । फेसबुकले आफ्ना कर्मचारीहरूलाई चीन, दक्षिण कोरिया र इटलीको भ्रमण नगर्न भनेको ती प्रवक्ताले बताए । तर यात्रामाथि लगाइएको प्रतिबन्ध अस्थायी हुने पनि उनको भनाइ थियो ।

माइक्रोसफ्टले भने सियाटलमा मे महिनामा नै विकासकर्ताको सम्मेलन हुने बताएको छ । तर मार्चमा सान फ्रान्सिस्कोमा हुने भनिएको गेमिङ् सम्मेलन स्थगित गरिएको छ ।

यसैगरी अन्य साना कम्पनीहरुले पनि तय गरिएका आफ्ना कार्यक्रम रद्द गर्ने निणय लिइसकेका छन् ।  क्यालिफोर्नियास्थित कस्मेटिक सामग्री बिक्रेता सान्टा मोनिकाले आगामी हप्ताका लागि तय भएको नेतृत्व विकास सम्मेलन रद्द गरेको छ । ३ दिने सम्मेलनको सट्टा एक दिने अनलाइन भेला गरिने कम्पनीले जानकारी दिएको छ ।

कोरोना भाइरसले विश्वव्यापी प्रकोपको रुप लिन थालेपछि यसको प्रभाव आर्थिक क्षेत्रमा पनि देखिन थालेको छ । बढ्दो चिन्ता र डरसँगै वाल स्ट्रीटको कारोबार छैटौं दिनमा पनि गिरावट आएको छ ।

विश्व बजारमा सन् २००८ को आर्थिक संकटपछि कै खराब अवस्था देखिन थालेका छन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय यात्रा र आपूर्ति चक्र अस्तव्यस्त भएपछि अमेरिका र युरोपमा आर्थिक मन्दीको त्रास देखिएको छ ।

बिहीबार अमेरिकाको शेयर बजारमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको  छ । त्यस्तै शुक्रबार एसियाली शेयर बजारमा पनि गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्