February 24, 2020

कोरोना प्रभावः औषधिको कच्चा पदार्थमा ५० प्रतिशत मूल्यवृद्धि

चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् ।

कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ । त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो । 

चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण