वीरगञ्जमा आइतबार एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भयो । वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको तिनै युवकको नातेदार र परिवारका सदस्यहरु १७ जनालाई बुधबार कोरोना संक्रमण देखियो ।
वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनको र उनी गएका नातेदारको घरका सदस्यहरुसहित ३२ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो । गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको ती नमूनाहरुमध्ये १७ जनामा कोभिड-१९ को संक्रमण देखिएको हो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका १७ जना सबै एकै परिवारका सदस्य र आफन्त हुन् ।
उनीहरु सबैलाई सोमबारदेखि उनीहरुको घर सिल गरि सेल्फ क्वारेन्टाइनमा राखिएको छ । उनीहलाई अब नारायणी अस्प्तालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।
१७ जना संक्रमितमा २ महिनादेखि ६६ वर्ष उमेर समूहका ७ महिला र १० पुरुष रहेका छन् । उनीहरु आइतबार संक्रमण भेटिएका पुरुषको बुवा, आमा, दाजु, भाइ, भाउजु, छोरो र भतिजा लगायत रहेका छन् ।
ती ३६ वर्षीया पुरुषले आफ्नो यात्रा विवरणबारे केही बोलेका छंनन् । उनले आफूमा कोरोना नभएको दावी गर्दै आएका छन् । उनले मेडिकल नतिजा गलत भएको जिकिर गरिरहेका छन् । उनले आफू वीरगञ्जबाट बाहिर नगएको बताएका छन् ।
सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता रहेका उनी सर्वदलीय समितिमा रहेर राहत वितरणमा पनि सक्रिय रहेको खुलेको छ । प्रशासनले उनको सम्पर्कमा आएका सबैलाई ट्रेसिङ गर्दै थ्रोट स्वाब संकलनलाई तीव्रता दिएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।