March 3, 2020

कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरूः विज्ञ डा. रवीन्द्र पाण्डे

 डा. रवीन्द्र पाण्डेIMG_20200303_192204

 

 

 

 

 

 

 

 

 

फल्गुण २०, २०७६ । पछिल्लो समय विश्वभर कोरोना भाइरस संक्रमणले तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालको छिमेकी देश चीनको वुहानबाट सुरु भएको यो भाइरसले चीनमा मात्रै करिब ३ हजार जनाले ज्यान गुमाएका छन् भने ७५ हजार संक्रमित भएका छन् ।

यो हप्तामा मात्रै कोरोना भाइरस भारतको विभिन्न सहरमा देखा परेको छ । नेपालको दुवै छिमेकी देशमा फैलिएको यस भाइरसबाट बच्न सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । तर, सरकारको पक्षबाट खास तयारी हुन नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।

हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोभेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । यसैबीच कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

१– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी६, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।

२– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३– घाममा बसौँ ।

४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।

५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।

६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।

७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९– पर्याप्त मात्रामा सुताँं ।

१०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।

११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२– दिल खोलेर हाँस्ने गरौँ ।

१३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।

१४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५– सरसफाइमा अल्छी नगरौँ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी