जेठ ३१, काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा पुगेको छ । बेलायतलाई उछिन्दै ब्राजिल दुई नम्बरमा पुगेको बीबीसीले जनाएको छ ।
पहिलो नम्बरमा अमेरिका छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ४१ हजार ८२८ संक्रमितको ज्यान गइसकेको छ । बेलायतमा ४१ हजार ५६६ संक्रमितको ज्यान गएको बीबीसीले जनाएको छ । यता विश्व स्वास्थ्य संगठका अनुसार भने यी दुबै देशमा मृत्यु हुने संक्रमितको संख्या यो भन्दा केही कम छ ।
बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ हजार ९८२ संक्रमित थपिएका छन् र अब कुल संक्रमित संख्या ८ लाख २८ हजार ८१० पुगेको छ ।
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना भाइरसलाई समान्य फ्लू भन्दै आएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।