April 20, 2020

कोरोनाबाट प्रभावित उद्योगलाई राहत दिनका लागि अध्ययन समिति गठन

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिन र वैदेशिक रोगजारबाट फर्किने नेपालीहरुलाई व्यवस्थापनका लागि आवश्यक तयारी गर्नका लागि सरकारले अध्ययन समिति बनाएको छ।

उद्योग मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा अर्थ, कृषि, श्रम मन्त्रालयका साथै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघका प्रतिनिधि समेत रहने गरी समिति गठन भएको हो।

समितिलाई १५ दिनको समय अवधि दिइएको छ। यस अवधिमा समितिले संकटमा परेका उद्योग व्यवसायलाई राहत दिने र बन्द भएका उद्योग संचालनका लागि आवश्यक उपाय सरकारलाई सुझाउनेछ। यसैगरी वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई स्वरोजगार बनाउने विषयमा समेत सुझाव दिनेछ।

समितिलाई लकडाउन अवधिमा बन्द रहेका उद्योग प्रतिष्ठानका मजदुरहरुको तलव भुक्तानीका साथै विदेशबाट फर्केका युवाहरुलाई स्वरोगजार बनाउने विषयमा समेत योजना बनाउनेछ। यसैका लागि समितिले व्यवसायीका छाता संगठनहरुसँग समेत सुझाव मागेको छ।

समितिले तयार गरेको प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी आवश्यक निर्णय गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी