April 10, 2020

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने

अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड २० लाख पूर्णकालीन श्रमिक बराबर र एसिया तथा प्यासेफिक क्षेत्रमा ७.२ प्रतिशत अर्थात एक अर्ब २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बराबरको रोजगारी गुम्ने अवस्था रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भए पनि सङ्ख्याका हिसाबले भने एसिया तथा प्यासेफिक क्षेत्र अगाडि देखिएका छन् । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रूपमा यस अगाडिको तुलनामा ६.७ प्रतिशत कार्यसमय बराबरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको एक अर्ब ९५ करोड व्यक्तिको पूर्णकालीन काम बराबर हुने आईएलओको निष्कर्ष छ । प्रतिवेदनअनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योगलगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ । 

हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्तिमध्ये ३.३ प्रतिशत हो ।

यसअघि आईएलओले कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण