कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

eps-kamdar-le1-750x446देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको संख्या ४३ हजारभन्दा बढी पुगेको छ ।

कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनु पर्ने अवस्था आएको छ ।

पछिल्लो समय सरकार आफैंले घोषणा गरेर दक्ष कामदार कोरिया पठाउँदै आएको छ । कामका लागि कोरिया जानेले खाडी मुलकभन्दा केही बढी कमाउने अवसर प्राप्त गरेका छन् । सरकारले सन् २००७ देखि दुई देशबीच श्रम सम्झौता गरी न्यूनतम एक लाख रुपैयाँमा नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।

कोरियामा काम गर्ने नेपाली कामदारले पनि मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन् । कोरिया जान कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनुपर्छ । सन् २००८ देखि नेपाल सरकारले कामका लागि नेपाली युवालाई कोरिया पठाउँदै आएको ईपीएस शाखाले जनाएको छ । ईपीएस शाखाका अनुसार अहिलेसम्म ४२ हजार ७ सय १५ जना नेपाली युवा कामका लागि कोरिया पुगिसेकेका छन् । त्यसमध्ये ४० हजार पुरुष र सात सय १५ महिला छन् ।

अहिलेसम्म तीन लाख ३२ हजार चार सय दुई जना युवा कोरियन भाषा परीक्षामा सहभागी भइसकेका छन् । सहभागीमध्ये ५० हजार तीन सय ६५ जनाले भाषा परीक्षा उत्तीर्ण गरेको शाखाले जनाएको छ । यसरी भाषा परीक्षामा उत्तीर्ण भएका बाँकी युवा पनि कोरिया जाने प्रक्रियामा रहेको शाखाले जनाएको छ । २०१६ मा भएको भाषा परीक्षामा ६० हजारभन्दा बढिले सहभागिता जनाएका थिए । सन् २०११ मा भएको भाषा परीक्षामा १५ हजारभन्दा बढी उत्तीर्ण भएको शाखाले जनाएको छ ।

कोरियाले नेपालबाट कृषि र उत्दानमूलक क्षेत्रका लागि कामदार लैजाने गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका अवसरसँगै नेपालमा कोरियान भाषा सिकाउने संस्थाले राम्रै आम्दानी गरेका छन् । भाषा परीक्षा पास भएकामध्येबाट पाँच वर्षे करार अवधिका लागि कोरियाले नेपाली कामदार आफ्नो देश लैजाने गरेको शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

खाडी मुलुक तथा मलेसिया जाने कामदारलेजस्तो दुःख तथा पीडा भोग्न नपर्ने हुँदा कोरिया जाने कामदारको आर्कषण बढ्दो छ । कामदारले भने अनुसारकै सेवासुविधा र तलब पनि पाउने हुँदा कामदारका लागि कोरिया राम्रो गन्तव्य बनेको शाखाको भनाइ छ । सरकारले नै पठाउने हुँदा ठगी पनि नहुने कोरिया जाने कामदारका लागि सकारात्मक पक्ष हो । खाडी तथा मलेसिया जाने कामदार ठगिने क्रम बढ्दो छ । म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा बढी रमक असुलेर कामदार यी देश पठाइरहेका छन् । फ्री भिसा तथा टिकटमा खाडी मुलुक तथा मलेसिया कामदार पठाउने सरकारी निर्णय कागजमै सीमित हुँदा त्यहाँ जाने कामदार निरन्तर समस्यामा पर्दै आएका छन् ।

तर, कोरिया जाने कामदारले अहिलेसम्म त्यस्तो कुनै पीडा भोग्न नपरेको शाखाको भनाइ छ । कामदार ठगिने कुरा नरहने खतिवडाको भनाइ छ । तर, खाडी मुलुक जाने कामदारको संख्या कोरिया जानेभन्दा कम छ । यसका लागि सरकारले उच्चस्तरीय छलफल गरेर कोटा बढाउन आवश्यक हुन्छ । अहिले पनि दैनिक दुई हजारभन्दा बढी कामदार रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । त्यसमा पनि वार्षिक चार लाखभन्दा बढी मानिस रोजगारीका लागि खाडी मुलुक तथा मलेसिया पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको आठ महिनामा करिब तीन लाख नेपाली कामकै लागि विदेश पलयान भएका छन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने