के हो प्राधिकरणको आयस्रोत ? किन सधै बोनसमा मात्रै ध्यान ? कहिले सम्म कर्मचारी को मनपरी ?

 civil-aviation-authority-of-nepalबोनस बाँड्न मिल्ने गरी नाफा छैन

पूर्व पर्यटन सचिव दिनेश थपलिया प्राधिकरणको बोनस खानका लागि भनेर देखिने गरी नाफा नरहेको बताउँछन् । उनले भने ‘प्राधिकरण ऋणमा छ साथै यसको ट्वाक्कै बोनस खाने गरी नाफा छैन, नाफा देखिएपनि ऋण छ नि त्यो पनि बिर्सन भएन । ‘

अहिले प्राधिकरणसंग सरकारको ठुलो मात्रामा ऋण छ । विभिन्न बिमानस्थल निर्माणका लागि सरकारले विभिन्न अन्र्तराष्ट्रिय बैंकहरुबाट ऋण लिएकेा छ । सरकारले बिमानस्थल निर्माणका लागि ऋण सम्झौता गर्छ भने यसलाई तिर्ने दायित्व प्राधिकरणको हुन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणका लागि लिएको ऋण अहिले पनि छ । यो प्राधिकरणले चुक्ता गरेको छैन ।

बोनस खान मिल्ने कर्मचारीको दावी

तर प्राधिकरणका कर्मचारी भने ऋण पनि बिस्तारै तिर्दै जाने र बोनस पनि खाँदै जान मिल्ने बताउँछन् । प्रवक्ता श्रेष्ठले भने ‘कति ऋणको म्याद अझै २० देखि ३० वर्ष छ के हामी ऋण छ भनेर त्यतीबेला सम्म बोनस नखाई बस्ने त ?’

समयमा ऋणको किस्ता तथा ब्याज तिरेकाले बोनस खान पाउने उनको तर्क छ ।

मनपरी गरिएको भन्दै पर्यटन व्यवसायीको विरोध

पर्यटन व्यवसायीहरुले प्राधिकरणका कर्मचारीले बोनस खाने निर्णयमा मनपरी भएको बताउँछन् । नेपाल एसोसियसन् अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष मधुसुदन अधिकारी बिमानस्थलको अवस्था बेहाल हुँदा प्राधिकरणका कर्मचारीले बोनस खाने निर्णय गर्नु मनपरी भएको बताउँछन् ।

अधिकारी विमानस्थलमा आवश्यक खर्च नै नभएकाले सुधारमा ढिलाइ भएको बताउँछन् । उनले अनलाइनखबरसँग भने ‘कहाँको विमानस्थलको अवस्था राम्रो छ ? एक्सरे मेसीन छैन, पानी खाने राम्रो ठाउँ छैन, शौचालय छैन अनि कर्मचारी बोनस बाँड्ने ?’

अझै ऋणमै छ प्राधिकरण

ऋणमा रहेको संस्थाले कर्मचारीलाई बोनस बाँड्न लाग्यो भनेर पनि अहिले सर्वत्र आलोचना भएको छ । पूर्वपर्यटन सचिवहरु ऋणमा रहेकाले पनि प्राधिकरणले बोनस बाँड्न नमिल्ने बताउँछन् ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार ०७३ पुस मसान्तसम्म प्राधिकरणको ऋण ३ अर्ब ९२ करोड ८१ लाख ४९ हजार रुपैयाँ छ । अहिले प्राधिकरणले बाँड्न लागेको मुनाफा भनेको आर्थिक वर्ष ०६८/०६९ र ०६९/०७० को हो ।

श्रेष्ठका अनुसार प्राधिकरणले आर्थिक वर्ष ०६८ /०६९ मा प्राधिकरणले ९९ करोड ३८ लाख नाफाबाट ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बोनस बाँड्न लागेको छ । त्यस्तै २०६९/०७० को नाफा २ अर्ब १४ करोड २७ लाखबाट २९ करोड ४२ लाख बोनस बाड्ने बोर्डले निर्णय गरेको छ ।

नेपाल सरकारले हवाई बिभागबाट यसलाई २०५५ पुस १६ गते प्राधिकरणमा परिवर्तन गरेको थियो । आर्थिक वर्ष २०६७/०६८ सम्म प्राधिकरणले ऋणको सावाको किस्ता र ब्याज समयमा भुक्तान गर्न सक्दैनथ्यो । जसका कारण कर्मचारीले बोनस बाड्ने कुरै गरेका थिएनन् । तर आर्थिक वर्ष २०६८/६९ देखि प्राधिकरण नाफामा गएको छ ।

स्तरोन्नति अलपत्र, ध्यान बोनसमा

पूर्वपर्यटन मन्त्री पोखरेल प्राधिकरणका कर्मचारीले अहिले बोनस खाने अवस्था नआएको ठोकुवा गर्छन् । विभिन्न बिमानस्थलमा आवश्यक मात्रामा स्तरोन्नतीको कार्य हुन नसकेकाले नाफा भयो भन्दै बोनस खान नमिल्ने पोखरेलको तर्क छ । उनले भने ‘प्राधिकरणको नाफा भनेको आवश्यक स्थानमा पनि खर्च नगरेर बचेको रकम हो आम्दानी गर्ने र खर्च नगर्ने अनि बोनस खाने यो मिल्दैन । ‘

तर, प्रवक्ता श्रेष्ठ भने प्राधिकरणले स्तरोन्नतिको कार्य गरिरहेको दाबी गरे । विभिन्न विमानस्थलमा बिगतको तुलनामा सेवा सुविधामा विस्तार भएको भन्दै उनले प्राधिकरणले विकासका आवश्यक खर्च नगरेको भन्ने आरोप निराधार भएको बताए । श्रेष्ठले भने ‘आजका १० वर्ष अघिको तुलनामा हेर्नुस् त, विमानस्थलको अवस्थामा कस्तो सुधार छ ? कैयन स्थानमा कालोपत्रे छ, सुधार हुँदैछ एकैपटक कहाँ हुन्छ त ? नेपालमा बसेर विदेशको विमानस्थलसँग तुलना गर्न पनि भएन ।’

आयल निगमको बोनस रोक्कापछि प्राधिकरणको पालो

यसअघि सञ्चित नोक्सानी रहेको भन्दै सरकारले आयल निगमको बोनस रोक्का गरेको थियो । जसका कारण अहिलेसम्म आयल निगमको बोनस बापतको रकम थुप्रिएको छ, तर कर्मचारीलाई बोनस बाँड्न मिलेको छैन ।

बोनसकै कारण आयल निगमका केही उच्च अधिकारीले जेल जीवन पनि बिताएका थिए । दुई वर्षदेखि सञ्चित नोक्सानी रहेको भन्दै आपूर्ति मन्त्रालयले यसको बोनस आवश्यक पूर्वाधार निर्माण नभएसम्मका लागि भन्दै रोकेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता श्रेष्ठ भने आफूहरुले आयल निगमले जस्तो सरकारबाट कुनै अनुदान नलिने र निगमभन्दा फरक रहेकाले बोनस बाँड्न मिल्ने दाबी गर्छन् ।

के हो प्राधिकरणको आयस्रोत ?

विमानस्थलको मुख्य आयस्रोत भनेको त्रिभुवन विमानस्थल नै हो । यहाँ हाल दर्जन हाराहारी आन्तरिक वायुसेवा तथा २८ वटा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । यहाँ ल्यान्डिङ, पार्किङ, नेभिगेसनल तथा विमानस्थल विकास शुल्क र यात्रु सेवाशुल्क पनि उठाउने गरिन्छ र प्राधिकरणको मुख्य आम्दानी पनि यही नै हो ।

नेपालमा रहेका ५१ विमानस्थलमध्ये अहिले ३५ वटा मात्रै सञ्चालनमा छन् । ३५ मध्ये आठ वटा मात्रै नाफामा सञ्चालन हुँदै आएका छन् भने अरु सबै घाटामै चलिरहेका छन् ।

प्राधिकरणले आफ्नो नाफालाई दुई भागमा बाँडेको छ । एरोनोटिकल अन्र्तगत ल्यान्डिङ, पार्किङ , यात्रु सेवा शुल्क, नेभिगेसन र विमानस्थलले पार्किङको समयावधि बढाए बापत लिने रकम यसमा पर्दछ ।

नन एरोनाटिकल अन्र्तगत भने प्राधिकरणले विभिन्न विमानस्थलबाट टर्मिनल भवनमा लगाएको भाडाका साथै होर्डिङ बोर्ड राखेर विज्ञापन गरेपवापतको आय र चलचित्र सुटिङका लागि दिँदा लिने दस्तुर आदि पर्छ । तर, काठमाडौंका अन्य ठाउँबाट होर्डिङ बोर्ड हटिसक्दा पनि विमानस्थल क्षेत्र नै कुरुप गराउने गरी अहिले विमानस्थलमा होर्डिङ बोर्ड राखिएका छन् ।
प्राधिकरणले विमानको ल्यान्डिङ, पार्किङका साथै विमानस्थल क्षेत्रमा बनाइएका भवनहरुलाई भाडा लगाएर समेत आम्दानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी