के हो चिनियाँहरुको सुन्दरताको रहस्य ? तपाइले पनि यसरी घरमै अपनाउन सक्नुहुन्छ

chinese-actresses-2

चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ।

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ?

 

चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्।

जवान देखिन ग्रिन टि

चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

सफा अनुहारको लागि
सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ।

 

चाउरीबाट बच्न
अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ।

यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि