के सेक्स मेसिनले आत्मियता प्रतिस्थापन गर्ला ?

sex-robot

एजेन्सी, ११ वैशाख । चौथो औद्योगिक क्रान्तिपछि भएको प्रविधिको विकासले समाजमा मान्छेलाई कसरी सजिलो उपाय अपनाउने भन्ने मान्यता स्थापित गरेको थियो । जसका कारण बच्चाहरू सुत्नका लागि पनि मेसिनको उपयोग गर्न थाले । मेसिनको सहयोगले अन्य धेरै काममा मानिसहरू अभ्यस्त भएका छन् । र, मानव जीवनको प्रमूख पाटो ‘सम्भोग’का लागि पनि मेसिनको प्रयोग भएको छ ।

मानिस बेरोजगार बसेपनि उसको खाली समयको उपयोग मेसिनहरूबाट पर्याप्त मात्रामा बढ्यो । जसमा मेसिनबाटै मनोरञ्जन गर्ने प्रवित्तिको विकास हुँदा ‘सेक्स’का लागि पनि मेसिनको उपयोग हुन थालेको हो ।

आफ्नो पार्टनर दुनियाँको कुनै ठाउँमा भएपनि मान्छेहरूले मेसिनसँगै इच्छा पुरा गर्न सकेपनि आत्मविश्वासमा कमी आउने विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन् । मनोकांक्षाहरू पुरा गर्न सम्भव भएपनि यो प्राकृतिक नभएको उनीहरूको तर्क छ । यस्तो मेसिनको प्रयोग बढ्दा केही असरहरू छन् । जस्तो कि, यौन व्यावसायीहरू रोजगारीबाट विमुख हुने अवस्था र यो सँगै मानवको शारिरीक सम्बन्धको आवश्यकताको महसुस नहुने अवस्था । अहिले फोनमा उपलव्ध भएको ‘एप’ले पनि मान्छेलाई सेक्सका लागि सहयोग गरिन नै रहेको छ ।

यस्तो मेसिनको आविस्कार स्पनेको बार्सिलोनाबाट भएको थियो । जहाँ केटाहरूका लागि ‘लभ डल’को व्यवस्था थियो । तर, त्यसको गलत असर परेपछि उक्त मेसिनमा स्थानीय निकायले प्रतिबन्ध लगायो । फेरि, सोही सहरमा इन्जिनियर सर्जी सान्तोसले केटिहरूका लागि एन्ड्रोइड फोनमा अर्को सेक्स मेसिन (एप) बनाए जसले केटाहरूका लागि फोहोरी सन्देश पठाउँथ्यो ।

उत्तरी स्वीट्जरल्यान्डस्थित प्रविधिसम्बन्धि विश्वविद्यालयका प्राध्यापक ओलिभर बेन्डेल आशा गर्छन्, २० वर्षको अवधिमा यस्तो पूर्ण मेसिन बन्नेछ जसले आँखाबाटै मान्छेको चाहना थाहा पाउन सक्छ । उनका अनुसार ति मेसिन मान्छेले सोचेको आकारमा परिणत हुनेगरि प्रतिपादित हुनेछन् । उनको कल्पना पुरा भएपनि के त्यसले मानवीय आत्मियता प्रतिस्थापन गर्ला त ? अहिले विश्वका आविश्कारकहरू यसैमा बहस गरिरहेका छन् ।

सेक्सका लागि बन्ने मेसिनको विरुद्धमा लागेकी मोनफोर्ट युनिभर्सिटीकी संस्थापक क्याथलिन रिचार्डसनले ‘सेक्स मेसिनको विकास मानव सम्बन्धको व्यापारीकरण हो’ भनेकी छन् । ‘सेक्सका लागि गरिने यस्तो सेवामा त्यति आत्तिनुपर्ने केही देखिँदैन’, नर्वेको डिजिटल मिडियासम्बन्धि सल्लाहकार चाल्र्स मेल्भिनले भनेका छन्,‘हामीले प्रेम गरेको मान्छेसँग सम्भोग गरेको अनुभुति गर्न यसले सम्भव गराउँछ ।’ चाल्र्स ठान्दैनन् कि सेक्स रोबोटले मानव मानवको सम्बन्ध र चाहनामा ह्रास गराउँछ । ‘मैले लामो समयसम्म कल्पना गरें कि जसले यो मेसिनको प्रयोग गर्छ उनीहरू असक्षम हुन्छन्, यसलाई विर्सौं । हुनसक्छ जसले यसलाई मात्र मेसिन भने वा यसको उपयोग काम नलाग्ने भने, तिनिहरूले धेरै रक्सी पिएको हुनुपर्छ ।’, उनले भनेका छन् । चाल्र्सले जे भनेपनि मेसिनसँगको सम्बन्ध भएपछि मानवीय बास्तविक सम्बन्धमा खुल्नुपर्ने बानीमा भने ह्रास आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि