October 21, 2017

के पानी बेसी खानाले किड्नी स्वास्थ्य रहन्छ ?

 एक जना मान्छेले पनि कति खानु पर्दछ भन्ने कुरामा मान्छेले गर्ने काम, शरीरको बनावट, वातावरण, परीवेस, उसको अवस्था आदिहरुमा निर्भर गरेको हुन्छ। मानिसको शरीरमा पानी कम भएपछि उसलाई प्यास लाग्छ र त्यसलाई निर्धारण गर्ने काम मस्तिष्कमा स्थित तिर्खा केन्द्रले गर्छ। तिर्खा केन्द्रले हामीलाई कहिले र कति मात्रामा पानी खानु पर्छ भनेर बताउछ।

kidneyत्यहि भएर जहिले सम्म मस्तिष्कले काम गरिरहन्छ, त्यति बेला सम्म पानीको अभावले जटिलता सृजना गर्दैन। पानी धेरै खानाले किडनीको स्वास्थ्य राम्रो रहने भन्ने कुरा पुरा रूपमा साचो भने हैन। जे भएनी पानी बेसी खानाले पिसाबको घनत्व स्वाभाविक नै रहन्छ तर पिसाबको परिमाण भने बढ्ने गर्छ जसले पिसाबमा हुने संक्रमण रोक्ने गर्छ।

तर किड्नी खराब हुनु पछि अरु थुप्रै कारणहरु भने हुन सक्छ, जस्तै अनियन्त्रित मधुमेह रोग, उच्च रक्तचाप अथवा अटो-इम्युन (auto-immune) रोग, जुन पानी खाएर रोक्न सम्भव छैन। प्रतिदिन कम्तिमा ४ ग्लास पानी वा तरल आहार खानु राम्रो हो। तर धेरै पसिना आएमा हामीले पानीको परिमाण नि बढाउनु पर्ने हुन्छ।

पर्याप्त पानी खाएमा किडनीमा पत्थर हुदैन र किडनीको सामान्य गतिबिधि नि ठिक रहन्छ। मधुमेह, उच्च रक्तचाप, अधिक वजन अथवा परिवारमा कसैलाई किडनी समस्या छ भने किड्नी रोग हुने सम्भावना बेसी हुन्छ। जसलाई किड्नी रोग हुने सम्भावना बेसी हुन्छ, उहाहरुले नियमित किडनी टेस्ट गर्नु फलदायी हुन्छ। किड्नीको अवस्था बेलैमा थाहा पाउनु लाभदायक हुन्छ।

मानिसमा कहिले हार मान्ने भनेर सोच्नु हुन्न बरु उसले भित्र देखि नै कुनै पनि कुराको सामना गर्ने आत्मबल बनाउनु पर्दछ, त्यसले उसलाई भित्र बाट नै रोग सग लड्ने दरो बनाउनुका साथै मानसिक चापलाई कम गर्दछ। किड्नी साथै शरीरको तलको अंशहरुको सम्पर्क बिशेष छ। परिश्रम र ब्यायामले खुट्टाको मांसपेशिहरु सार्थक बन्छन् अनि किड्नीलाई अधिक शक्तिशाली बनाउछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि