April 16, 2017

के धेरै यौन सम्पर्क राखे बच्चा हुँदैन र ?

म १९ वर्षीया विवाहित महिला हुँ । गत वैशाखमा मेरो विवाह भएको हो । म र मेरा श्रीमान् दुवै अध्ययनरत रहेकाले अबको ३–४ वर्ष बच्चा नजन्माउने निर्णय गरेका छौं । यसका लागि सुरु–सुरुमा मैले ३ पटक जति गर्भ निरोधक औषधि सेवन गरें । अहिले यौनसम्पर्कका बेला श्रीमान्ले बाहिरै वीर्य निकाल्नुहुन्छ । मैले धेरै वर्षसम्म बच्चा नजन्माई यौनसम्पर्क मात्र गर्दा पछि गर्भ रहन गाह्रो हुन्छ भन्ने सुनेकी छु । यो कत्तिको सत्य हो 
केही वर्ष बच्चा नपाउने विचार

अलि सानै उमेरमा विवाह भएकाले भए पनि तपाईंहरूले सल्लाह गरी ३–४ वर्ष बच्चा नजन्माउने विचार गर्नुभएको कुरा एकदमै राम्रो लाग्यो । यसो गर्दा तपार्इंको प्रजनन अङ्गले परिपक्व हुन समय पाउनेछ भने अर्कातिर तपाईं दुवैले अध्ययन सकेर आफ्नो करियर बनाउन बाँकी नै छ । तपार्इंहरू आत्मनिर्भर भैसकेपछि मात्र सन्तान जन्माउनु उपयुक्त हुन्छ । यो एकदमै राम्रो विचार हो ।

हाम्रो समाजमा विवाह गरेपछि श्रीमान्–श्रीमती दुवैलाई जतिसक्यो चाँडो सन्तान जन्माउनुपर्ने दबाब हुन्छ । कुनै–कुनै परिवारमा पहिले कोही नामर्द वा बँँझोपन छ–छैन भन्ने कुरा हेरेर नवविवाहितलाई चाँडोभन्दा चाँडो बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नुपर्ने बाध्यतासमेत रहेको पाइन्छ । तपार्इंलाई थाहै होला पहिले–पहिले गर्भनिरोधको उपाय अहिलेको जस्तो विकसित भैसकेको थिएन र नियमित यौन सम्पर्कपछि बच्चा नजन्मदा त्यसलाई बाँझोपनकै अर्थमा लिइन्थ्यो । अहिले गर्भनिरोधका अनेक उपाय अबलम्बन गरिने हुँदा ती कुरा सान्दर्भिक छैनन् ।

गर्भ निरोधको उपाय तथा त्यसको प्रभावकारिता

केही समयको अन्तरालपछि सन्तान जन्माउन नै गर्भ निरोधका विभिन्न उपाय विकास भएका हुन्, तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक–फरक हुन्छ । इम्लान्टको प्रभावकारिता ९९ दशमलव ९५ प्रतिशत, कपर–टीको ९९ दशमलव २० छ भने तीन महिने सुईको ९७ प्रतिशत । कण्डमको कुरा गर्दा नियमित रूपमा सही तरिकाले प्रयोग गर्दा यसको प्रभावकारिता ९८ प्रतिशतसम्म हुनसक्छ, तर सामान्य रूपमा प्रयोग गर्दा ८५ प्रतिशतसम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सही ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ९६ प्रतिशतसम्म हुन्छ भने सामान्य ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता प्रयोग ७३ प्रतिशतसम्म मात्र देखिएको छ ।

बाह्य स्खलनसम्बन्धी केही कुरा

वीर्य स्खलन योनीभित्रै भएको स्थितिमा पनि गर्भधारणका लागि डिम्ब निष्कासनको समयसँग तालमेल मिल्नु आवश्यक छ । तपाईंका श्रीमान् कत्तिको अभ्यस्त हुनुहुन्छ थाहा भएन । वीर्य स्खलन हुनु ठीक अघि योनिबाट लिङ्ग झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो विधि प्रभावकारी तरिकाले अवलम्बन गर्न गाह्रो हुन्छ । अब वीर्य स्खलन हुनै लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा लिङ्ग झिक्न ढिलो भै वीर्य योनि भित्रै वा योनी क्षेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि तपाईंहरूले अवलम्बन गरेको विधिको प्रभावकारिता कम हुनसक्छ ।

त्यसबाहेक उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ । यसमा सामान्यतस् शुक्रकीट हुँदैनन् त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्रै हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए उक्त वीर्य स्खलनको कारणले मूत्र नलीमा रहेका केही शुक्रकीट यो रसमा आउन सक्छ । यस्तो स्थितिमा भने थोरै नै भए पनि गर्भ रहने सम्भावना हुन्छ । यस्तो स्थितिमा १५ देखि २७ प्रतिशतसम्म गर्भ रोक्न नसकेको देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम भए पनि यौनरोग तथा एचआईभीको सक्रमणबाट जोगाउँदैन । फाइदाको कुरा गर्दा कुनै आधुनिक उपाय अवलम्बन गर्नु परेन, त्यसैले औषधि पसल वा क्लिनिक जाने झन्झट पनि भएन । अर्कातिर यो जुनसुकै बेला पनि उपलब्ध हुन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको पुरुषको सहभागिता हो र यसले दम्पतीमा कुराकानी हुने अवसर पनि सिर्जना गर्छ ।

के धेरै यौन सम्पर्क राखे बच्चा हुँदैन ?

तपाईंलाई थाहै छ कि यौन सम्पर्क राख्दा गर्भमा बच्चा रहने सम्भावना हुन्छ । तपाईंले यस्तो कुरा कहाँबाट सुन्नु भयो थाहा भएन । सामान्यतया गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको बेला हुन आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक रहे सोही अनुपातमा गर्भ रहने सम्भावना बढी हुन्छ ।

यौनसम्पर्क कतिपटक राख्ने भन्ने कुरा व्यक्तिको रुचिमा भर पर्छ । यसको कुनै वैज्ञानिक आधार छैन । तपाईंले यौन पेशामा लागेका व्यक्तिले पनि पछि सन्तान जन्माएको त सुन्नुभएकै होला । यसलाई अर्को पाटोबाट पनि हेरौं, कतिपय व्यक्तिमा प्रजनन क्षमता पहिले देखिनै कम हुनसक्छ । यौन रोग पनि प्रजनन क्षमतामा ह्रास ल्याउने प्रमुख कारण हुन्छ । धेरै व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा यौन रोग सर्ने सम्भावना बढी हुन्छ । प्रजनन क्षमता कम भएका व्यक्तिले धेरै यौन सम्पर्क राख्दा पनि गर्भ नरहन सक्छ । यो पहिले बच्चा नपाई धेरै यौनसम्पर्क राख्दा बच्चा नपाउने कुराभन्दा फरक कुरा हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत