के–के कारणले छाती दुख्न सक्छ ?

डा. ओम मूर्ति अनिल, मुटुरोग विशेषज्ञ

Why You Shouldn't Ignore That Sudden Chest Pain
Why You Shouldn’t Ignore That Sudden Chest Pain

मुटु रोगको कारणले नै सँधै छाती दुख्छ भन्ने धारणा गलत हो । किनभने लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । छाती दुख्नसाथआत्तिएर अस्पतालजानु जरुरी हुँदैन । पहिलादुखाईको बारेमा राम्ररी बुझ्नुपर्छ, अनिमात्र को साग, कहाँ र कहिले जँचाउने हो, सो को बारेमा निर्णय गर्नुपर्छ । दुखाईको प्रकृति मुटुरोगसँग सम्बन्धित भएको शंका भएमा अस्पताल गइ हाल्नुपर्छ । यति ह्दयाघातको कारणले छाती दुखेको हो भने, १ मिनेट पनि समय खेर फाल्नु हुँदैन । तर दुखाई मुटुसंग सम्बन्धित नभएपनि योजना बनाएर चिकित्सकलाई भेट्नु पर्छ  ।

के–के कारणले छाती दुख्न सक्छ ?

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ  । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

मुटुको कारणले छाती दुख्दा: छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

फोक्सोको कारणले छाती दुख्दा: लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँ÷बाँया) करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्छ ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दा: छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

छाती दुखेमा के गर्ने ?

१. ह्दयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ.सि.जी. गर्ने।

२. ह्दयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३. दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी