के कारण डिभोर्स भएको थियो यी नेपाली सेलिब्रेटिहरुको ?

बैशाख – २ । अहिलेको समयमा ब्रेक अप, विवाह र डिभोर्स सामान्यजस्तै भइसकेको छ । त्यसमाथि पनि कलाकारले गर्ने डिभोर्स र ब्रेक अप त मिडियामा छर्लंगै हुने हुँदा पनि धेरैको ध्यान जाने गर्छ । यी हुन् डिभोर्स भएका नेपाली कलाकार । उनीहरुको विछोडको कारण यस्तो छ ।

Priyanka-Sanchita-Anju-Rekha

१. प्रियंका कार्की

यति बेलाकी निकै व्यस्त नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विवाह गरेकी थिइन् । विवाह पछि रोचकले गृहिणी बन्नुपर्छ भनेपछि उनले रोचकसँग डिभोर्स गरेको बताइन्छ । अमेरिकामा गएर फिल्ममा डिग्री गरेकी उनले अभिनेत्री बन्ने सपनाई चटक्कै मारेर गृहिणीको पेशा अंगाल्न सकिनन् । त्यसकारण उनी श्रीमानबाट अलगिइन् ।

पतिले धेरै माया गर्दागर्दै पनि अभिनेत्री बन्ने सपनाको लागि डिभोर्स गर्नुपरेको उनको भनाई छ । बजारका हल्लालाई विश्वास गर्दा प्रियंका अहिले नायक आयुष्मान जोशीसँग प्रेममा छिन् । रोचकले पनि केही महिनाअघि दोस्रो विवाह गरिसके छन् ।

२. रेखा थापा —

अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा पनि विवाह गरेको दश वर्षपछि अलग भए । उनीहरुको डिभोर्सको कारण उनीहरुको सन्तानलाई मानिदैँ आएको छ । छविले सन्तान चाहेको तर रेखाले सन्तान जन्माउन नचाहेको कारण उनीहरुको डिभोर्स भएको बताउँछन् ।

उनीहरुको डिभोर्स पछि कतिले रेखाको चरित्रमाथि औँला उठाए भने कतिले छविलाई श्रीमती टिकाउन नसकको आरोप लगाए । तर रेखाले भने आफूले सानै उमेरमा नबुझेर विवाह गरेको र पछि गएर विचार नमिलेर डिभोर्स भएको बताउँदै आएकी छिन् ।

३. संचिता लुइटेल —

अभिनेत्री संचिता लुइटेलको निखिल उप्रेतिसँग विवाह हुनुभन्दा पहिले आकाश शाहीसँग प्रेम विवाह भएको थियो । यो जोडी छोटो समयमा नै एकअर्काबाट अलग भए । यसको कारण भने उनीहरु दुबैको परिवारलाई मानिएको छ । किनभने उनीहरुको विवाहप्रति दुैका परिवार खुशी थिएनन् । अहिले निखिल उप्रेतीसँग विवाह गरिसकेपछि संचिताले दुई सन्तानलाई जन्म दिइसकेकी छिन् ।

४. अञ्जु पन्त —

गायिका अन्जु पन्त र मनोज पनि विवाह गरेको करिब दश वर्षपछि एकअर्काबाट अलग्गिए । पतिसँगको लामो असहजताका कारण उनले डिभोर्स गरेको बताउँदै आएकी थिइन् । श्रीमान मनोजले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकेको उनको भनाई छ ।

डिभोर्स हुनुभन्दा अघि पनि मनोजले अञ्जुलाई अचेत अवस्था हुनेगरि पिटेका खबरहरु आएका थिए । त्यसबखत अञ्जुको दाँत भाँचिएका खबरहरु पनि मिडियामा आए । मनोजले आफ्नो चरित्रमाथि सधैँ शंका गर्ने र झगडा गर्ने गरेको अञ्जुले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको