June 9, 2017

के अब राजपा नेपाल बिना नै हुन्छ चुनाव ?

काठमाडौ जेठ २६ – आफैले भोट हालेर बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको माग तत्काल पूरा नगर्ने पक्षमा देखिएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरु निराश बनेका छन् ।

संविधान संशोधन बाहेकका अन्य मागहरु पूरा गरि दिए चुनावमा जाने मनस्थिति बनाएका राजपा नेपालका नेताहरु निराश बन्दै आन्दोलनको तयारीमा जुटेका छन् ।

दोस्रो चरणको स्थानीय तहको चुनावपछि संविधान संशोधन हुने कुरामा राजपा नेपालका नेताहरु कन्भिन्स थिए तर त्यसबाहेकका मागहरु पूरा गरि दिएर चुनावको वतावरण बनाई दिनुपर्ने उनीहरुको चाहना थियो ।


के छ उनीहरुको माग ?

–जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने

–आनदोलनका क्रममा मृत्यु भएकाको सहिद घोषणा गर्ने

–आन्दोलनका क्रममा समातिएकालाई रिहा गर्ने

–आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता गर्ने

–आन्दोलनको क्रममा घाइते भएकालाई व्यवस्थापन गर्ने

–आन्दोलनका क्रममा भएका धनजनको क्षतिको क्षतिपूर्ति

स्थानीय तहको संख्या थप गरेको छ तर सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि त्यो विवादमा परेका छ । त्यस्तै मृतकलाई सहिद घोषणा गर्ने काम भएका छ तर मधेशी दलले आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेको छ ।

आन्दोलनको क्रममा समातिएकालाई रिहा गर्ने विषयमा सरकारले कानुनमन्त्रीको संयोजकत्वमा एक छानविन समिति बनाएको छ तर अझै काम भएको छैन ।


आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ तर प्रतिपक्षी दलले त्यसप्रति आपत्ति जनाएपछि अहिले सो निर्णय विवादित अवास्थामा रहेको छ । आन्दोलनको क्रममा घाइते भएकाहरुमध्ये केहीले उपचार खर्च पाए पनि धेरैले नपाएको दावी मधेशवादी दलको रहेको छ । घाइतेहरुको अवस्था धरै नराम्रो छ तर सरकारले कुनै चासो नलिएको गुनासो उनीहरुको छ ।

आन्दालनका क्रममा क्षति भएकालाई क्षतिपूर्ति दिने मन्त्रीपरिषद्ले निर्णय गरेपनि पीडितको हातसम्म अझै नपुगेको मधेशीवादी दलको आरोप छ ।

असार २ गते स्थानीय तहको चुनावका लागि उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यो दिन आउन आठ दिन मात्र बाँकी छ । अरु दलले आआफ्नो उम्मेदवार समेत गरिसकेको छ तर राजपाले अहिले त्यसको बारेमा सोचेको पनि छैन । राजपा नेपाल अझै आन्दोलनमै छ ।

देउवा प्रधानमन्त्री भएको आज चार दिन भइसक्यो तर यसमा विषयमा कुनै छलफल तथा जिज्ञासा समेत नराखेको राजपा नेपालका नेताहरुको गुनासो छ । प्रधानमन्त्री प्रचण्ड पनि मधेशी मोर्चासँग तीन बुँदे सम्झौता गरेर प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री बनेकै भोलीपल्ट मधेशी मोर्चाका नेताहरुलाई बोलाएर छलफल गरेका थिए र दोस्रो मन्त्रीपरिषद्को बैठकबाट घाइतेलाई उपचार खर्च दिने निर्णय गरेका थिए तर प्रधानमन्त्री देउवाले हालसम्म कुनै चासो नलिएको उनीहरुले गुनासो गरे ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘राज्यले हामीलाई चुनावबाट बन्चित गराई रहेका छन्, हामी चुनावमा जानका लागि तयार छौ तर राज्यले त्यसको वतावरण बनाइरहेका छैन, संविधान संशोधन हाम्रो बटमलाईन हो यसभन्दा तल झर्न सकिदैन तर सरकारले गर्न सकिने अरु मुद्दाहरु छन् जसको बारेमा कुनै छलफल भइरहेको छैन ।’


अब आन्दोलनबाहेक आफूहरुसँग अरु कुनै विकल्प नरहेको बताउँदै उनले राजपा नेपालबाहेक यदि चुनाव भयो भने त्यो सफल नहुने जिकिर गरे । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको छ, त्यो आफूहरुको प्राथमिकताको विषय होइन, त्यसले चुनावको वतवारण बनाउन सक्दैन, ऐन संशोधन गर्नका लागि एक भएका दलहरु संविधान सशोधन गर्न किन मानिरहेका छैन भनि उनले प्रश्न गरे ।

जेठ २३ गते प्रधानमन्त्री बनेका देउवाले एकदुई दिनमा केही गर्लान् भनेर जेठ २५ गते सकिएको आन्दोलन कार्यक्रममा राजपा नेपालले त्यसैमा दुई दिन थपेको छ । त्यो थपेको आन्दोलनका कार्यक्रम पनि भोलि सकिँदैछ । भोलि नै बैठक बसेर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको राजपा नेपालका महासचिव केशव झाले बताए ।

उनले भने, ‘असार १४ गते चुनावमा भाग लिने सम्भावना लगभग सकिएको छ, २८ गतेदेखि भीषण आन्दोलनको घोषणाका लागि आजैदेखि तयारीमा जुटेका छौ ।’

झुलाउनेको एउटा सीमा हुन्छ, राजपा नेपाल चुनावमा भाग लिओस् भनेर स्थानीय तह निर्वाचन ऐन पास भयो तर आफूहरुले १० वर्षदेखि माग गर्दै आएको विषयमा कुनै चासो नलिएको उनले टिप्पणी गरे ।

उनले भने, कतै कुनामा अलि अलि चुनावमा जाने इच्छा थियो तर यो राज्यको रवैयाले अब त्यो पनि रहेन, अब हाम्रो माग पूरा गर्न भोलीदेखि नै सरकारले शुरु गरेपनि असार २ गतेसम्म सम्भव छैन, संविधान संशोधनको कुरा त धेरै टाढाका कुरा हो ।’

स्थानीय तहको संख्या थपेको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको तर त्यसमा सरकारले भ्याकेट गर्ने भनिएको थियो तर अझै नगरेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने