२३ जेठ , काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा हारजित हुने भएपनि चितवनमा देखिएको समस्या अचम्म लाग्दो भएको बताएका छन् ।
उनले भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एकाएक माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको प्रतिनिधिले गएर मतपत्र च्यातेको आरोप लगाए ।
केही मतपत्र च्यातिनै वित्तिकै प्रयायोजित ढंगबाट मतगणना गर्ने ठाउँमा कब्जा भयो भनि मतगणना रोकिएको भन्दै कसैलाई हराउन नमिल्ने हो भने पहिल्यै भनिदिए आफूहरुलाई सजिलो हुने बताए ।
उनले भने, ‘ हारजित नमान्ने हो भने कोको उम्मेदारलाई हराउन नपाउने हो भनेर भनिदिएको भए हामी पनि माइण्ड मेकअप गथ्र्याै ।
मतपत्र च्यातिएको बारे के– के भने ?
सरकारकै तर्फबाट मतपत्र च्यात्ने काम भएको छ । प्रहरीले पनि आफ्नो मातहतका निकायलाई रिर्पोट गरेको छैन । मुचुल्कामा कब्जा भनिएको छैन । कब्जा भएकै थिएन ।
–प्रहरीको सञ्चारमा यथार्थ विवरण दिइएको छ । त्यहाँ पनि कब्जा पनि भनेको छैन । केही सकेन्डमा मतपत्र च्यातेपछि कसरी कब्जामा थियो, बरु को कब्जामा थिए ?
–बाहिरबाट आएर कसैले च्यातेको होइन, त्यहीको प्रतिनिधिले च्यातेको हो । मतगणनामा बसेको दुई जना प्रतिनिधिले च्यातेका हुन् ।
–यी सबै यथार्थ हुँदा पनि प्रमुख निर्वाचन अधिकृतले मतगणना केन्द्र कब्जा भएको र रणभुमीतुल्य भएको कारण मतगणना गर्ने अवस्था नरहेको रिर्पोर्ट आयोगलाई जानकारी गराए ।
–पछि गीत तिम्सिनाको संयोजकत्वमा तीन सदस्य अनुगमन टोली बन्यो तर प्रमुख निर्वाचन अधिकृतको कुरा रहेन ।
–१७ गते हेटौडाको उच्च अदालतमा मुद्दा चलायो, मत च्यात्नेहरुमाथि ।
–प्रमुख निर्वाचन अधिकृतबाट आग्रह पूर्वाग्रह शुरु भएको छ ।
स्थानीय निर्वाचन ऐन २०७३ को दफा ५० को २ अनुसार प्रतिवेदन आएको छ तर दफा ५१ को उपदफा १ ग अनुसार प्रतिवेदन आउनु पथ्र्यो ।
–ती च्यातिएका मतपत्र एमालेको थियो भन्ने शंका छैन । एमालेको मत च्यातेको छ भने त्यो हामीलाई स्वीकार थियो । हाम्रो च्यातेको छ भने हामी त्यति घटा सहन तयार थियौं ।
–मतपत्र च्यातेर फेरि मतदान गर्ने हो भने लोकतन्त्र कहाँ पुग्छ, देशको भविष्य के हुन्छ ?
–प्रतिनिधिले गरेको काम मैले नगरेको भन्न पाइदैन, त्यसप्रति जिम्मेवार हुनुपर्छ ।
–भरतपुरमा मत च्यातिएको सोध्दा शेरबहादुर देउवाले भन्नुभयो मलाई थाह छैन । यत्रो संसद अवरोध छ, यत्रो घटना भएको छ । माछाको मुखमा पानी भएपछि बोल्न सक्दैन । काँग्रेसले धेरै कुरामा बोल्न सकिरहेका छैन ।
–माओवादी केन्द्रको यसमा के छ दृष्टिकोण सोध्दा कानुन बमोजिम गर्न भनेको छु मैले जवाफ प्रमबाट आयो ।
–मतपत्र च्यात्नेहरु धरौटीमा छुटे तर खादा ओढाएर स्वागत गरियो । मानौ कुनै ठूलै काम गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने