केपी ओलीलाई प्रचण्डको कडा जवाफ

Prachanda-ca-meeting-3

काठमाडौं, जेठ २३–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन प्रकरणलाई लिएर एमालेले संसद अवरुद्ध गरेर ‘के पायो’ भन्दै कटाक्ष गरेका छन् ।

उनले संसदलाई सम्बोधन गर्ने क्रममा ओलीलाई प्रतिप्रश्न गर्दै भने, ‘निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर संसद अवरोध गरेर के पाउनु भयो ?’

उनले थपे, ‘महाअभियोग  फिर्ता लिने पनि हामीले कुरा गरेकै थियौं तर संसद अवरोध गरेर महाअभियोग फिर्ता लिने समयलाई किन लम्ब्याउनु भयो ? यसको जवाफ दिनै पर्छ । ’

उनले मतपत्र च्यात्ने घटना गलत भएको भन्दै त्यो सुुन्ने वित्तिकै आफूले गलत भनेको र निर्वाचन आयोगलाई तत्कालै बोलाएर कानुनअनुसार निर्णय लिन निर्देशन दिएको प्रष्ट पारे ।

उनले रेणु दाहाल आफ्नो छोरी पनि भएको भन्दै मतपत्र च्यातिनु ४–५ दिनअघि फोनमा कुराकानी भएको प्रसंग उल्लेख गर्दै भने, ‘घटना हुनुभन्दा चार पाँच दिनभन्दा मैले रेणुलाई जिते पनि जित्यौै हारे पनि जित्यौं तिम्रो छवी बनि सकेको छ भनेको थिएँ । त्यसपछि कसैसँग भरतपुरमा सम्पर्क भएको छैन ।’

उनले यो विषयमा अब के के भन्न खोजेको हो सबै भन्न केपी ओलीलाई चुनौति दिए । उनले चुनौति दिँदै भने, ‘सबै भन्नु न, भित्रभित्रै के के छ केपी अ‍ोलीजी भन्नुस्, केपी अ‍ोलीलाई के को लाज गर्नेलाई पो लाज ? जे जे भन्नुहुन्छ भन्नुस् म सुन्न तयार छु ।’
उनले आफूले गरेका कामहरुमा समेत केपी ओलीले जस लिन प्रयास गरेको भन्दै कटाक्ष गरे ।

संसदलाई सम्बोधन गर्दै के–के भने प्रमले?

–मलाई संसदबाटै राजिनामा दिन मन थियो त्यो सम्भव नभएपछि जनतामा गएर राजिनामा दिएँ ।

–मेरो नेतृत्वको सरकारले छिमेकी मुलुकसँग सन्तुलित व्यवहारको सुरुवात गरे ।

–संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा सवैभन्दा बढि चिन्तित माओवादी थियो । त्यसैअनुसार अगाडी बढ्यौ ।

–संविधान बनाउनकै लागि प्रतिपक्ष छाडेर राजनैतिक एकता र सहमतिको बातावरण बनाइयो, त्यहि कारण राजनीतिक शक्तिलाई एक ठाउमा आउन सहयोग गर्यो ।
–राष्ट्रिय एकताको महशुस गरेर नै संविधान जारी गर्न सकेका हौ । त्यो वेला केपी ओली र म दुवैले संबिधान गतिशिल दस्तावेज भनेर भनेका थियौ ।

–संविधानको स्वीकार्यता बढाउन मैले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्दै निर्वाचन गर्न सकिएला कि नसकिएला भनेर मेरो कार्यकालमा थियो । त्यसिह भएर सरकार गठनभएदेखि नै असन्तुष्ट पक्षलाई मनाउन आफ्नो भुमिका निभाउने प्रयास गरे र अहिले पनि जारी छ ।

–दोस्रो पटक ल्याइएको संसोधन विधेयक सवैले स्वीकार्न सक्ने गरी ल्याइएको छ । खुला दिलले छलफल गर्न अपिल गर्छु ।

–केपी ओलीले चुनावपछि संसोधनमा छलफल गर्न सकिन्छ भन्ने कुरा सकारात्मक हो तर त्यसका लागि चुनाव अघि न्युनतम सहमति गरौ ।
– मेरो गोरुको १२ टक्का कसैले नभनौ अनिमात्र राष्ट्रको नेतृत्व गर्न सकिन्छ ।
– धेरै अप्ठ्याराहरुसँग जुधेर स्थानीय तहको निार्वचन गरिछाड्ने प्रतिज्ञा गरेर सरकारले तयारी अगाडी बढायो । त्यसका लागि स्थानीय तहको पुनसंरचना पनि गरियो ।
–कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार नै मैले निर्वाचनको बीचमा राजिनामा दिएको हो ।
०००००
–कांग्रसले दवाव दिएर मैलै राजिनामा दिएको हैन ।

– पहिलो चरणको निर्वाचन सवै मिलेर गरौ भनेर देउवासँग कुरा गरेर म छोड्छु भनेको थिए । त्यसै कारण त्यो नैतिकता अनुसार नै मैले राजिनामा दिएको हो । एमालेसँग पनि सहमति भएको हो र सहमति तोडिएको थियो ।

– ओली नेतृत्वको सरकार पनि सरकारले बजेट ल्याउनुभन्दा अघि नै परिवर्तन हुने चर्चा चलेको थियो ।

समझदारी बन्ने र तोड्ने परम्पराको अन्तय हुनुपर्छ भनेर मैलै यो विचमा राजिनामा दिएको हो । यसले राजनीतिक संस्कारको विकास हुनेछ । मुखले बोलेर भन्दा व्यवहारले देखाउने हो ।

–सदन खोल्ने विषयमा प्रमुख दलहरुवीच समझदारी भयो, त्यहि समझदारी अनुसार बाँकी सवै निर्वाचन भयरहित गरौ यहि मेरो चाहाना हो ।

–निर्वाचन क्षेत्राधिकार मिचेर सदन किन सदन अवरोध गर्नुभयो मेरो प्रतिपक्षलाई प्रश्न छ ।
– महाअभियोगबारे तपाइहरुले जवाफ दिनुपर्छ यो तपाइहरुलेनै जवाफ दिनुपर्छ
–भरतपुरमा मतपत्र च्यातियो यो दुखद र गलत छ भनेर घटनापछि प्रमुख निर्वाचन आयुक्तलाई बोलाएर प्रश्ट भनेको छु ।
–दोस्रो संविधानसभाको परिणामप्रति केही साथिले प्रश्न उठाएपछि मतपत्र च्यात्नु र जलाउनुपर्छ भन्दा पनि हुन दिइन भन्ने कुरा सदनमा आज भन्न बाध्य भए ।
–भरतपरको १ वडाको विषय ल्याएर लोकतन्त्रप्रति नै प्रश्न उठाउन खोजियो सवैको प्रमाण पेश गर्न चाहान्छु । तपाईहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिक हुन ?
–यसरी जोखिमपुर्ण काम संघीय लोकतान्त्रिक गरेका छौ ।
–भरतपुर प्रकरणमा राष्ट्रपतिलाई पनि मैले भनेको थिए ।
– मैले देवी ज्ञवालीलाई मतान्तर हँुदा जितेपनि जित्यौ र हारे पनि जित्यौ भनेर भनेको थिए ।
– केपीजीलाई अरु के के छ भन्नुस् ।
– व्यक्तिगत रुपमा म तपाइको पक्षमा छु , तर विधि नियम कानुन छ । त्यसले नीति नियमअनुसार भएन भने अदालत त छँदैछ ।
–राजनीतिक रुपमा लाभ उठाउने हिसावले घटनालाई सामान्यीकरण नगरियोस ।
–निार्वचन उल्लासपुर्ण सवैको सहयोगमा भयो ।
–प्रतिपक्षलाई नसोधी चुनाव सारेको होइन,पटकपटक छलफल गरेकै हो ।
–सवैलाई चुनावमा सहभागि गराउन अझैपनि छलफल भइरहेको छ ।
–राजपालाई पनि निर्वाचनमा सहभागि गराउन नौ बाट १४ पुर्याइयो । तर, रमजानको अन्तिम दिन पर्छ भन्ने थाहा भएन । बरु मैले नै मुसलमानका साथिहरुलाई बोलाएर छलफल गरेर १४ गते पारिएको हो ।
–स्वीमिङ कस्टम र डुङगा चढेर भएपनि भोट हाल्न जाने हो । आर्थिक बृद्धि दर सम्मभव थिएन । फास्टटयाकको जस तपाइ लिनुस तर वाटो छिटो बनोस ।
–सकारात्मक कुरामा सवैले स्वामित्व ग्हरण गरौ । अझै पनि संक्रमणकाल अन्त्य भएको छैन त्यो महशुस गरौ । सवै दलकावीचमा न्युनतम सहमति गरौ । राष्ट्रिय सहमतिबाटै संक्रमणकाल टुङग्यौ ।
–१० महिनाको अनुभवले सवै दल एकजुट भए विकास सम्भव हुदोरहेछ । आर्थिक सम्बृद्धि पनि चमत्कारकै रुपमा गर्न सकिने रहेछ भन्ने अनुभव भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने