केन्यासँगको खेलका लागि नेपाली टोली घोषणा, को को परे ?

काठमाडौं, फागुन २२ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेल्ने नेपाली टोली घोषणा भएको छ ।  यही फागुन २८ र ३० गते कीर्तिपुरको त्रिवि मैदानमा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलका लागि पारस खड्काको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटिका अधिकारी वेन्कटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाडी छनौट गरेको क्रिकेट नेपालका टेकनिकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

टिममा को को परे ?

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल (उपकप्तान)
  • शरद भेषवाकर
  • शक्ति गौचन
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • सागर पुन
  • बिनोद भण्डारी
  • करण केसी
  • सन्दिप लामिछाने
  • महबुब आलम
  • आरिफ शेख
  • सुनिल धमला
  • दिपेन्द्र सिंह ऐरी

वैकल्पिक

  • राजेश पुलामी मगर
  • अविनाश कर्ण
  • भुवन कार्की
  • दिलिप नाथ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति