कुटुम्बको अष्ट्रेलिया यात्राः लाप्राक बस्ती सहयोगदेखि फुटबल टीमलाई प्रोत्साहनसम्म

 

Kutumba२० फेब्रुअरी, पर्थ । नेपालको लोकप्रिय बाद्यवादकहरुको टीम कुटुम्ब मार्चको तेस्रो हप्ता अष्ट्रेलिया आउँदैछ । कुटुम्बको यो पहिलो अष्ट्रेलिया यात्रा हो ।

दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुनेल नेपाल फेस्टिबलको क्रममा आउन लागेको यो टीम अष्ट्रेलियामा प्रमुख शहरहरुमा घुम्ने छ ।

पश्चिम अष्ट्रेलियाको पर्थमा भने अप्रिल १ मा पुगेर आफ्नो प्रस्तुति दिने कुटुम्बले अष्ट्रेलिया आई नेपाली लोकबाजाको प्रवर्द्धन गर्ने छ ।

कुटुम्बलाई अष्ट्रेलियामा निमन्त्रणा गर्ने सोलान्चरका क्रियटिभ डाइरेक्टर राजु शाक्यका अनुसार कुटुम्बले सिड्नी, मेलवर्न, पर्थ, एडिलेड र व्रिसवेनमा कार्यक्रम गर्ने छ ।

उनका अनुसार मार्च २२ मा काठमाडौंबाट उड्ने कुटुम्ब टीम २३ तारिकमा एडिलेडमा आइपुग्ने छ । त्यहाँ मार्च २५ मा नेपाल फेस्टिबल तय भएको छ ।

त्यस्तै मार्च २६ मा उक्त टीमले मेलवर्नमा आयोजना गरिने मम तथा म्युजिक फेस्टिबलमा सहभागी हुनेछ । ‘नेपालको लोकपि्रय खाजा मम र लोकसंगीत दुबैको प्रवर्द्धन गर्न यो फेस्टिबल आयोजना गरिएको हो,’ राजु शाक्यले भने ।

त्यस्तै कुटुम्बले अपि्रलमा पर्थ, अप्रिल ८ मा वि्रसवेन र अपि्रल ९ र १५ मा सिड्नीमा आफ्ना प्रस्तुति दिनेछ । मेलवर्न र सिड्नीमा नेपालको लाप्राकमा बन्दै गरेको बस्तीलाई सघाउन आयोजना हुने फण्ड राइजिङ कार्यक्रममा कुटुम्बको सहभागिता हुनेछ ।

पर्थमा आयोजना हुने कार्यक्रमबाट जम्मा हुने रकम पश्चिम अष्ट्रेलियाको नेप्लिज युनाइटेड फुटबल क्लबलाई सहयोग गरिने पर्थको आयोजक संस्था नमस्ते नेपालका दीपक शर्माले बताए । कुटुम्बको टीममा अरुण मानन्धर, किरण नेपाली, पनित महर्जन, राजु महर्जन, रुबिनकुमार श्रेष्ठ र सिद्धार्थ महर्जन रहेका छन् । टीमका व्यवस्थापक अरुण गुरुङ पनि सँगै अष्ट्रेलिया आउँदैछन् ।

नेपाली लोकबाजा अष्ट्रेलियामा किनै प्रिय छ । प्राय यहाँका रेष्टुरेन्टहरुमा कुटुम्बले सिर्जना गरेका धुन बजिरहेका हुन्छन् भने धुनमात्रै भएकाले गैरनेपाली बीचमा पनि लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका