किस्ट मेडिकल कलेजका यी ‘दलाल’, हेर्नुहोस् ‘बार्गेनिङ’ गर्दै गरेको ‘एक्सक्लुसिभ’ भिडियो

cover-next-kist-medidal‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ।

किस्ट मेडिकल कलेजमा किन यस्तो हुन्छ ? ती दलालको उत्तर थियो,‘ यो म्यानेजमेन्ट कस्तो हो भन्ने मलाई थाहा छ । नौँ वर्ष भयो मैले जागिर खाएको । यहाँ कति रकम लिने नै ठेगान छैन । ७० लाख तिर्नेपनि छन् । ८० लाख तिर्नेपनि छन् । रिसिभ ल्याप्चे ३८ लाखको हुन्छ । अरु चाँही डोनेशन भनेर लिने हो ।’

काठमाडौं, १३ चैत्र । खरानी ‘कलर’को ज्याकेट लगाएका,झूस्स दारी पालेका एक युवा किस्ट मेडिकल कलेजको प्राङ्गणमा देखिए । टेलिफोन सम्पर्कपछि पुगेका विद्यार्थीको अभिभावकको नाम लिँदै उनी नजिकिए । उनी रहेछन्–किस्ट मेडिकल कलेजबाट खटाइएका कर्मचारी ‘एजेन्ट’ । छोराको एमबिबिएस सपना पुरा गर्न मधेशको खेत बेचेर काठमाडौं आएका ती अभिभावकसँग किस्ट मेडिकल कलेजको प्राङ्गणमा बार्गेनिङ शुरु भयो ।
अभिभावकले सोधे,‘कतिसम्म मिलाउँन सकिन्छ सर ?’

दलालले भने,‘एकपैसा पनि छूट हुदैन ।

अभिभावक : सरकारले ३८ लाख तोकेको छ, एकपटक ‘माथि’ सरहरुसँग कुरा गर्न पाए हुन्थ्यो ?

दलाल : माथि कुरा गर्न पर्दैन ६४ लाख भन्दा एकपैसा पनि घट्दैन । चेक काट्देउ म लगेर त्यहाँ दिन्छु । तर, त्यो भन्दा तल एक ‘रुप्या’ पनि मान्दैन है । नमान्ने कुरामा बेकार गफ गरेर के हुन्छ । पढाउँनु हुन्छ भने पढाउनु । होइन भने अन्त ट्राइ गर्नुस् । केशव आचार्य (भर्ना विभागका प्रमुख)ले ६४ लाख रुपैयाँ भन्दा तल हुँदैन भन्नु भएको छ ।

अभिभावक : केशव सरसँग एक पटक कुरा गरौँ न ?

दलाल : कुरा गर्न पर्दैन । यहाँ सबै लफडा चलिरहेको छ । हुन्छ भने चेक काट्दिनुस्, म लिएर गएर जम्मा गर्दिन्छु । उनीहरुले भने अनुसारको दुई तिन तरिकाको चेक काट्दिनुस् ।

अभिभावक : पहिले त ५० लाखमा कुरा भएको थियो ।

दलाल : त्यो बेला जम्मा गरेर गाको भए कुरै सिद्धिन्थ्यो अब त मिल्दैन । के नाम रे विद्यार्थीको ?

प्रश्नोत्तरकै बीचमा ती ती दलालले फोन लगाए र, सोधे–‘दाई कहाँ हुनुहुन्छ ? म अफिस आइसकेँ । यता सुन्नु न यहाँ फर्म भरेको छ रे । ६४ बुझाएर भर्ना गर्ने भन्छ के गरौँ ?’

जवाफ आउनु अघि नै उनी केही सरे ।

फोन राखेपछि उनले सोधे,–‘चेक ल्याको छ ?’ जवाफमा ती अभिभावकले भने,‘लिएर आएको छु । अपुग पैसा बैंक खातामा जम्मा गर्दिन्छु ।’
फेरी ती ‘दलाल’ले भने,‘त्यसरी त मिल्दैनँ तिमीलाई दिँदैन । यसो गर.. । भोली बिहान भाइ (विद्यार्थी) सहित चालिस लाखको चेक । र, अरु क्याँस लिएर आउ । भोली विहान म सबै गराई दिन्छु ।’

ती अभिभावकले–‘हामीलाई रसिद कतिको आउँछ ? ’

जवाफमा दलाल भन्दै थिए–‘रसिद ससिदको ठेगान छैन । त्यही ३८ को आउँछ । ‘ल्याप्चे’ चाहीँ तिमीहरुलाई ३८ लाखको हान्न लगाउँछ, अरु पैसा डोनेशन भनेर बुझाउने हो ।’

महतोको प्रश्नमा आश्चर्य थियो–‘त्यस्तो पनि हुन्छ र ?’

आफ्नो मात्रै होइन पुर्खाको जायजेथा समेत बेचेर छोरालाई एमबिबिएस पढाउने धोको लिएर काठमाडौं आएका रामरिझनलाई यो संवादले निकै पोल्यो । सरकारले एमबिबिएस भर्नाको लागि शुल्क तोकेको थियो ३८ लाख रुपैयाँ तर, सरकारी रेटभन्दा दोब्बर मुल्य माग्दै थिए किस्ट मेडिकल कलेजका ‘दलाल’ ।
समाजमा प्रतिष्ठित पेसाको रुपमा हेरिएको एमबिबिएस डाक्टरी शिक्षामा देखिएको यो दलाली धन्दाको भिडियो दियोपोस्टको संवाददाताले खिचेको हो ।
झट्ट सुन्दा मेनपावरका दलालले जस्तै अभिभावकसँग ‘बार्गेनिङ गर्ने यी युवा किस्ट मेडिकल कलेजका कर्मचारी हुन् । उनले भिडियोमा बताएअनुसार उनलाई पठाउँने निकाय भने कलेज व्यवस्थापन हो ।

सातदोबाटोबाट केही मिटर भित्र प्रवेश गरेपछि पुगिने किस्ट मेडिकल कलेजमा यसरी दलालहरुसँगको बार्गेनिङकै आधारमा विद्यार्थी भर्ना हुँने गरेका छन् । एमबिबिएस पढ्ने एक विद्यार्थीले कम्तिमा ६४ लाख देखि ८० लाखसम्म बुझाएका छन् । किस्ट मेडिकल भर्ना विभागका प्रमुखका अनुसार किस्टमा एमबिबिएस भर्ना हुँनेहरुको संख्या अहिले १ सय ३० जना भन्दा धेरै छन् ।

अभिभावकसँग पैसाको बार्गेनिङ गर्ने यी युवा ९ वर्षदेखि किस्ट मेडिकल कलेजमा नै कार्यरत छन् । ‘मैले यहाँ काम गरेको ९ वर्ष भयो,’ उनले भनेका छन्,‘यहाँ यसरी नै भर्ना हुँने हो विद्यार्थी ।’

किस्टमा हुँने यस्तो ‘दलाली’ धन्दाबारे दियोपोस्टले यसअघि पनि समाचार प्रकाशन गरेको थियो ।

आइओएमको सिफारिसमा पुगेका ती विद्यार्थीलाई पहिले किस्ट मेडिकल कलेजले ४० लाखमा भर्ना गर्ने वचन दिएको थियो ।

‘पहिले ४० लाखमा पढाउँने कुरा भएको थियो, पछि बढेर ५५ पुग्यो,’ ती पीडितले भने, ‘एक दिनमा नै ९ लाख बढेर ६४ लाख माग भयो । खेत बेच्यौँ भएको सबै सम्पत्ति बेच्यौँ तर, छोरालाई पढाउँन सकिएन ।’

अभिभावकहरुले किस्टका प्रमुखसँग कुरा गर्न मिल्दैन ।

‘यहाँको चिफले कसैको फोन उठाउँदैनन्’ पीडितसँगको कुराकानीको क्रममा ति एजेन्टले भन्छन्,‘अब मेडिकल लाईन पढाउँछु भनेर दिमाखमा नराखे हुन्छ । सरकारले ३८ लाख घोषणा गरेर केही उपलब्धि भयो त ?’

त्रिभूवन विश्व विद्यालयबाट अनुमति पाएको काठमाडौंको एकमात्रै कलेज किस्टमा मनोमानी हुँदा राज्य संयन्त्र भने मौन छ । ‘प्राइभेटमा जसले दिन्छ त्यसले पढ्न पाउँछ ,’ एजेन्ट भन्छन्,‘भोली पैसा लिएर विहान ९ बजे आउ । म भर्ना गराई दिन्छु । होइन भने मलाई फान गरिरहनु पर्दैन । लगभग अन्तिम पनि भइसक्यो ।’

भिडियोमा अभिभावकले किस्ट मेडिकल कलेजको एमडिको मोबाइल नम्बर माग्छन् ।

‘आशिष थापा (किस्ट मेडिकल कलेजका एमडि) को नम्बर कति हो ?’ अभिभावकको प्रश्नको जवाफमा दलाल भन्छन्,‘९८५१०४५६५० यो फोन उठाउँदैन । यो नक्कली नम्बर हो । म यहाँको कर्मचारी हो । माथिको पावर नचलेसम्म मेरो केही चल्दैन ।’

डेढ लाख कमिशन लिन्थेँ, मान्छे रोएर फर्किए

यसरी एउटा विद्यार्थीलाई भर्ना गराएबापत यी दलाललाई डेढलाख कमिशन आउँछ । ‘म एकदेखि डेढलाख लिएर काम गर्ने मान्छे हुँ । यहाँ ६४/६५ मा भर्ना भन्दा मान्छे रोएर फर्किएका छन्,’ उनले भने ।

किस्ट मेडिकल कलेजमा किन यस्तो हुन्छ ? ती दलालको उत्तर थियो,‘ यो म्यानेजमेन्ट कस्तो हो भन्ने मलाई थाहा छ । नौँ वर्ष भयो मैले जागिर खाएको । यहाँ कति रकम लिने नै ठेगान छैन । ७० लाख तिर्नेपनि छन् । ८० लाख तिर्नेपनि छन् । रिसिभ ल्याप्चे ३८ लाखको हुन्छ । अरु चाँही डोनेशन भनेर लिने हो ।’

चिकित्सा क्षेत्रमा सुधार गर्नभन्दै त्रिभूवन विश्व विद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीले लामो समयदेखि अनसन बसे । तर, यो अनसनमा राज्यसँग पटकपटक हुदै आएको सम्झौता पालना भएको छैन । ‘अहिले सरकारले एमबिबिएस भर्नाको लागि ३८ लाख रुपैयाँ तोकेको भनेको छ,’ ती दलाल भन्दै थिए,‘गोविन्द केसीको अनसनले केही भयो त ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको