January 4, 2018

किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै फर्किएपछि भागाभाग – बिस्तृत हेर्नुहोस

काठमाण्डाै । दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारले उनको अन्तिम संस्कार गरेर किरिया बसे । किरिया बसेको आठौं दिन भइसकेको थियो । किरियापछि हुने कर्मको लागि निम्तालुहरुलाई शोकपत्र पठाइसकिएको थियो । सबै तयारी भइसकेको थियो । यस्तोमा मरेका भनिएका छोरा जिउँदै घर फर्किंदा घरमा भएका मानिसहरुमा भागाभाग भएको छ ।

ती मानिसहरु भूत आएको सम्झेर भागाभाग गरेका थिए । मृतक भनिएका व्यक्तिले आफू जिउँदै भएको विश्वास दिलाउन पनि निकै संघर्ष गर्नुपर्यो । उनले बडो मुस्किलले आफू जिउँदै भएको र मर्ने व्यक्ति कोही अरु नै भएको परिवारलाई सम्झाएका थिए । भारतको छत्तीसगढको हरदीबजारको ढोलपुरमा बस्ने मंगलुराम केवटका छोरा सुन्दर दुर्घटनामा मरेको परिवारले विश्वास गरेका थिए । यहाँ २५ सेप्टेम्बरका दिन कोइला बोकेर हिँडेको ट्रेलर कारलाई ठक्कर दिएर कारसमेत पुलबाट तल नालीमा खसेको थियो ।

घटनामा ट्रेलर चालक सहित दुई जनाको मृत्यु भएको थियो । दुवैको पहिचान खुलेको थिएन । घटनाको ३ दिनपछि मंगलु केही गाउँलेहरुसँग प्रहरी चौकी गए । उनले मृत ट्रेलर चालक आफ्ना छोरा सुन्दर भएको बताए । प्रहरीले प्रक्रिया पूरा गरी शव परिवारलाई दियो । शव घरमा ल्याएपछि परिवारले रितिरिवाजका साथ अन्तिम संस्कार गरेर किरिया बसे ।

अचानक आठौं दिनमा सुन्दर घर पुग्दा परिवारमा हंगामा मच्चियो । सुन्दर घरबाट बाहिर जाँदा केही साथीहरुसँग ट्रेलरमा बाहिर जान लागेको भनेर गएका थिए । यही कारण परिवारले सुन्दरको मृत्यु भएको विश्वास गरेका थिए । तर सुन्दर केही दिनका लागि बाहिर गएकोले यो अवधिमा परिवारको सम्पर्कमा आएनन् । सुन्दर सम्पर्कमा नआएपछि परिवारले सुन्दर नै मरेको विश्वस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने