किन दियो कमल थापालाई निर्वाचन आयोगले चेतावनी ?

kamal-thapa-cow-768x482

 

काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले सत्तारुढ दल तथा राप्रपा तथा सरकारकै उपप्रधानमन्त्री समेत रहेका कमल थापाको पार्टीले आयोगविरुद्ध गरेका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगले गरेको कार्य सम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका सो दलका नेताबाट व्यक्त भएका अभिव्यक्ति र सञ्चार माध्यमबाट प्रकाशित भएका विचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले आयोगको निर्णय जलाएकोप्रति मर्माहत भएको समेत जनाएको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ –‘नेपालको संविधानले व्यवस्था गरेअनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व स्वतन्त्ररूपमा निर्वाह गरिरहेको छ र आयोग २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटेको व्यहोरा सबैमा विदितै छ ।’

त्यस्तै नेपालको संविधान र कानून अनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको आयोग प्रवक्त सुर्य प्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाएको विरोधमा मंगलबारमात्रै देशभर आयोगको निर्णयको प्रतिलिपि जलाएको थियो भने बैशाख आठ गते निर्वाचन आयोगको केन्द्रीय कार्यलयसहित ७२ वटै जिल्ला निर्वाचन कार्यलय घेराउ गर्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने