किन टाँगिन्छ ढोकामा कागती र खुर्सानी ? यस्तो छ वास्तविक कारण

 हामीले प्रायजसो ढोकामा कागती र खुर्सानी टाँगेको देख्छौं। कसैले घरमा त, कसैले पसलमा यसरी टाँग्ने गरेका हुन्छन् । यसले नराम्रो नजर र नकारात्मक शक्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । तर, यसको वास्तविकता हामीले सोचेको भन्दा फरक छ ।

untitled-4_150779612

कागती र खुर्सानीलाई सँगै राखेर ढोकामा टाँग्नुका पछाडि विभिन्न कारणहरु छन् । खासमा वास्तुदोष ठीक गर्नका लागि यो तरिका अपनाइएको हो । साथै वरिपरि सकारात्मक ऊर्जा बनाइराख्न कागतीले मद्दत गर्ने हुनाले पनि यसो गरिएको बताइन्छ । कागतीको रुखलाई सकारात्मकताको प्रतिक मान्ने मानिसहरुको भनाइ छ । त्यसैले सबैको घरमा  कागतीको रुख सम्भव नभएकाले त्यसरी टाँगिने गरिन्छ । त्यस्तै अर्को कारण कागतीको गन्धले ताजगीको अनुभूति गराउँछ । यसरी कागती टाँग्दा त्यसमा प्वाल पार्नुपर्ने भएकाले उक्त वासनाले सक्रिय बनाइराख्ने मानिसहरु बताउँछन् ।

गाडिमा किन टाँगिन्छ ?
केबल घर र पसलमा मात्र होइन, कतिपय गाडीमा समेत यसरी कागती अनि खुर्सानी टाँगेको देख्न सकिन्छ । यसले दुर्घटनाबाट बचाउँछ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको हो । यसको वैज्ञानिक कारण नभएपनि मानिसहरुले धेरै पहिलेबाट यो चलन अपनाउदै आएका छन् ।

 

कहिले र कसरी टाँग्ने ?
यसलाई टाँग्दा कागतीलाई सबैभन्दा तल र त्यसमाथि खुर्सानी राख्ने चलन छ । यसलाई विशेषगरी मंगलबार र शनिबारका दिन टाँग्ने गरिन्छ र हरेक हप्ता बद्लिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि