जेठ २, सुर्खेत – बेलुकाको चार बज्दै थियो मतदाता परिचयपत्र लिएका सर्वसाधारण भोट हाल्न ब्यस्त थिए । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन वहिष्कार गरेको विप्वलव नेतृत्वको नेकपाका कार्यकर्ताको पनि मतदाता परिचयपत्र लिएर ‘फर्जी’ मत हाल्न सुरु गरे ।
मतदान स्थलमै रहेका विप्वलवका कार्यकर्ताले त्यसको विरोध गरे । प्रहरीले विप्लवका कार्यकर्तालाई मतदान स्थलबाट लाठीचार्ज गरेर भगायो । साँझ पाँच बजे मतदान सकिएपछि निर्वाचन अधिकृत दुर्गा भट्टले उम्मेदवारको रोहबरमा मतपेटिका सिल गरे प्रहरीले मतपेटिका उठाउनै लाग्दा चारैतिरबाट नेकपा कार्यकर्ताले ढुंगा प्राहार गर्न थाले, यो खबर आजको नागरिक दैनिकमा छ ।
नेकपाका दुईतीन सय कार्यकर्ताले विद्यालय भवन घेरा हाले । चारैतिरबाट आक्रमण सुरु भएपछि प्रहरीले झ्यालबाट गोली प्रहार गर्यो । प्रहरीको पहिलो गोली नरहरिनाथ गाउँपालिका ६ का राप्रपा उम्मेदवार धनरुप बटालको कोखमा लाग्यो । उनी ढले ।
दुई गोली लागेका धनरुपको राति १२ बजे मृत्यु भयो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।