काठमाडौं, ६ मंसिर । भारतीय प्राध्यापक एसडी मुनीले कालापानी र लिम्पियाधुराबारे आफ्नो धारणा राखेका छन् । मुनीले कालापानी विवादित क्षेत्र भएको र उक्त क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता नहुने बताएका छन् ।
दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका जानकार एसडी मुनीले नेपालबारे आफ्नो पछिल्लो धारणा व्यक्त गरेका हुन् । मुनीले लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो आधिकारिक नक्सामा पारेपछि सुरु भएको दुई देशबीचको असमझदारीलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने समेत बताए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाले सीमा विवादलाई भारतविरोधी राष्ट्रवादको रुपमा प्रयोग गरेको मुनीको भनाइ छ । ‘नेपाल कम्युनिष्ट पार्टीले यतिबेला भारत विरोधी राष्ट्रवाद प्रयोग गरिरहेको छ र कालापानीबारे कुरा गरिरहेको छ’, मुनीले भने, ‘यस्तो कुरा नेकपा र केपी ओलीका लागि राम्रो कुरा होइन ।’
साथै कालापानीबाट भातरीय सेना हट्नुपूर्व सीमा समस्याको सार्थक हल निकाल्नु पर्ने उनको भनाइ छ ।
‘आपसी कुराकानीबाट यो समस्यालाई हल गर्न सकिन्छ, यसबारे के गर्ने भनेर तय नहुन्जेलसम्म सीमामा पुरानै अवस्था कायम हुनेछ र भारतीय सेना कालापानीबाट हट्नुपर्ने जरुरी छैन’, मुनीले भने ।
‘सबैलाई थाहा छ कि हालसम्म भारत र नेपालबीच कालापानीबारे कुनै कुराकानी भएको छैन । कुराकानीपछि मात्रै कालापानी कसको हो भनेर निश्चित हुन्छ तर कुराकानी नहुँदै ओलीले यस्तो कुरा नगरेको भए हुन्थ्यो’, मुनीले थपे ।
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको