कार्यकारी आदेशको आलोचना गर्ने महान्यायाधिवक्तालाई बर्खास्त गरे ट्रम्पले

१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशको आलोचना गर्ने कार्यबाहक महान्यायाधिवक्ता स्याली येट्सलाई बर्खास्त गरेका छन् ।

 

उनले न्यायिक विभागलाई आप्रवासीसम्वन्धी ट्रम्पको कार्यकारी आदेशको बचाउ नगर्ने बताएकी थिइन् । हृवाइट हाउसले येट्समाथि धोका दिएको आरोप लगाएको छ ।Sally-Yates-an-Obama-appointee-is-the-acting-attorney-general

उनको नियुक्ति पूर्ववर्ती बाराक ओबामाले गरेका थिए । र, उनले आप्रवासीसम्वन्धी राष्ट्रपतिको आदेश नियमसंगत भएको आफूलाई नलागेको बताएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले सिरियासहित मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

कार्यबाहक महान्यायाधिवक्ताको बयानपछि ट्रम्पले डेमोक्रेटिक पार्टीमाथि राजनीतिक कारणले आफ्नो मन्त्रिपरिषद् विस्तारमा अवरोध गरेको आरोप लगाएका छन् ।

येट्सको ठाउँमा ट्रम्पले जेफ सेशन्सलाई मनोनित गरेका छन् । र, उनले आफ्ना सहकर्मीहरुलाई पत्र पठाएका छन्, जुन मिडियामा आइसकेको छ ।

उक्त पत्रमा सेशन्सले कार्यकारी आदेश कानुन सम्वत भए नभएको प्रष्ट पार्न न्यायिक विभागलाई भनेका छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको