July 29, 2020

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर, लगानीकर्ता संकटमा

sharethis sharing button

सांकेतिक तस्विर
काठमाडौं, साउन १४,messenger sharing button अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकाय भने मौन छन् ।

अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा जलविद्युत् कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रवद्र्धक कम्पनीलाई हम्मेहम्मे पर्दै आएको छ । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्नु बजार घट्नुको अर्को प्रमुख कारण रहेको छ । जसका कारण लगानीकर्ता संकटमा परेका छन् ।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले लगानीकर्ताले जाँचबुझ गरेर लगानी गर्नुपर्ने बताए । उनले भने, ‘राम्रो कम्पनीको सेयर मूल्य अहिले पनि राम्रो छ, कम्पनीको अवस्था नहेरी लगानी गरेपछि आयोगलाई दोष दिनुहुँदैन ।’

जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भएको छ । तर, जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस नै गरेका छैनन् । नेपाल इन्भेयटर फोरमका अध्यक्ष छोटेलाल रौनियारले जलविद्युत् कम्पनीले लामो समयसम्म प्रतिफल दिन नसक्नु नै प्रमुख समस्या रहेको बताए ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण