कारबाहीबाट ६२ लाख राजस्व संकलन

पोखरा – जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ । 

सो अवधिमा सवारी नियम उल्लंघtraffic-rule-violetionन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिए । 

उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । मापसे गरी सवारी चलाउने ५९९ सवारी चालक कारबाहीमा परी तिनले पाँच लाख ९९ हजार तिरेको सूचना अधिकारी थापाले बताए । 

यस्तै बढी भाडा लिने ११ बस र छ ट्याक्सी, हर्न निषेध उल्लंघन गर्ने ४५ ट्रक, ३५ बस, ६४ जिप÷कार, ६५ मोटरसाइकल पनि कारबाहीमा परेका छन् । त्यस्तै मोटरसाइकललाई रुपान्तरण गरी चलाउने ६८ मोटरसाइकल चालक र ट्याक्सीमा मिटर नराखी बढी भाडा लिने १७२ ट्याक्सी पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी