काबुलमा आत्मघाती विस्फोट, ५ को मृत्यु

१३ भदाै,काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल बैंकको शाखामा भएको आत्मघाती आक्रमणमा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् ।

1549642036wire-1227267-1503998112-679_634x421आक्रमणको जिम्मेवारी तालिवान विद्रोहीले लिएको छ । इद अल–अदा नजिकिँदै गर्दा मानिसहरु बैंकमा पैसा लिन आएको र सोही समयमा भएको आक्रमणमा मारिने अधिकांश सेना र प्रहरी भएको अधिकारीहरुलाई उदृत गर्दै रोयर्टसले जनाएको छ ।

अमेरिकी राजदूतावास भएको उक्त क्षेत्रमा भएको आक्रमणले अफगानिस्तानको सुरक्षा चुनौती झन् बढाइदिएको छ । अफगानिस्तानमा यो वर्षको पहिलो ६ महिनामा भएका आक्रमणको घटनामा २०९ सर्वसाधारण मारिइसकेको र ७७७ जना घाइते भएको राष्ट्रसंघको तथ्याङ्क छ ।

अफगानि तालिवानले आफ्नो आक्रमणको निशानामा बैंकलाई बनाउँदै आएका छन् । सेना र प्रहरीले आफ्नो जम्मा भएको पैसा झिक्न आउँदा उनीहरुलाई निशाना बनाउन तालिवानले बैंकमा आक्रमण गर्ने नयाँ रणनीति बनाएको तालिवान प्रवक्ता जाबिहुल्ला मुजाहिदले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण