२१ भदाै,काठमाण्डौं – संसद्को आयु बढीमा ५० दिन मात्र बाँकी रहँदा पनि सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक अझै संसद्मा दर्ता गरेको छैन । सरकारले मंसिर १० र मंसिर २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकसमेत यही संसद्ले पारित गर्नुपर्ने भए पनि त्यसको मस्यौदासमेत दर्ता भएको छैन ।
निर्वाचन आयोगले चुनावको एक महिनाअघि नै मनोनयन दर्ता गराउने र मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् कायम रहने संवैधानिक व्यवस्थाका कारण संसद्को आयु बढीमा ५० दिन मात्र देखिन्छ ।
‘कात्तिक १० को वरिपरि मात्र संसद्को आयु देखिन्छ’, संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुन्छ । यो संसद्ले जे जति गर्ने हो अब ५० दिनमा गरिसक्नुपर्छ ।’
अर्का संविधानविद् एवं एमाले सांसद अग्नि खरेल यही संसद्ले राष्ट्रियसभा गठन र राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित गर्नुपर्ने तर्क गर्छन् । ‘सरकारले यी विधेयक संसद्मा ल्याउन किन ढिला गरेको हो भन्ने बुझ्नै सकिएन’, खरेलले भने, ‘आवश्यक विधेयक फटाफट पारित गरेर चुनावमा होमिनुको विकल्प छैन ।’
कात्तिक ९ गते ढल्नेभयो देउवा सरकार
जबकि राष्ट्रियसभा ऐन अहिलेसम्म संसदमा पेश भएको छैन । यो ऐन नबनि कसरी प्रतिनिधिसभा गठन गर्ने ? यसी कात्तिक ९ मा संसद्को उपायदेयता सकिएपछि तीन ठूला दलमध्ये एमालेलाई अहिले जतिसुकै एक्लो गरेपनि उसँग सहकार्य नगरी सुखै छैन ।
किनकि संसद्को गणितीय खेल सकिएपछि सुरु हुने भनेको सहमतीय राजनीति नै हो । त्यसमाथि संविधानको धारा २९८ को उपधारा ८ (ग) मा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्थाबारे स्पष्ट रुपमा लेखिएको छ, ‘निज व्यवस्थापिका संसद नै नरहेपछि, संसद्को सदस्य नरहेकमा ।’ अब प्रधानमन्त्रीको पद पनि कात्तिक ९ गते धरापमा पर्ने पक्कापक्की छ। हुन त त्यसपछि कामचलाउनका रुपमा ६ महहिना चलाउन पाइन्स भन्ने प्रश्न पनि उठ्ला तर, यो संविधानले त्यस्तो व्यवस्था गरेको छैन ।
यसो हुँदा न सांसद, न मन्त्री न त त्यसका लागि कुनै संवैधानिक आधार नै छ । यस्तोमा नयाँ खिलराजको खोजि गर्नुपर्ने हुन्छ वा केही न केही व्यवस्था हुनैपर्छ । यस्तोमा राष्ट्रिय सहमति एकमात्र विकल्प हो । अर्को तरिका पनि छ, त्यो हो, ‘संविधान संसोधन गरेर त्यस्तो व्यवस्था मिलाउने ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी