काठमाडौं प्रहरीले बनायो १ सय ६१ जना गुण्डाको हिटलिस्ट

काठमाडौं–काठमाडौं प्रहरीले १६१ जना पुराना तथा नयाँ गुण्डाको सुचि तयार पारेको छ । बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख (एसएसपी) छविलाल जोशि र अपराध महाशाखाका प्रमुख (एसएसपी) दिनेश अमात्यले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा गुण्डागर्दीमा संलग्न १६१ जनाको सुचि बनाएरै निगरानी शुरु गरिएको जानकारी दिए ।

‘१६१ जना गुण्डाको तीनपुस्ते उतारेर निरन्तर मनिटरिङ्ग गरिरहेका छौं’ एसएसपी जोशिले भने, ‘३० जनालाई पक्राउ गरेर नयाँ फोटो र फिंगर प्रिन्ट संकलन गरिसकेका छौं, अन्यको पनि फिंगर प्रिन्ट संकलन गर्ने क्रम जारी छ ।’

पुराना गुण्डाको ठाउँमा नयाँ गुण्डाले स्थान बनाउने प्रयत्न गरेको परिवेशमा आफुहरुले गुण्डागर्दीबारे विशेष निगरानी शुरु गरेको जानकारी दिँदै महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिने अमात्यले भने, ‘पुराना आउटडेटेड गुण्डाको ठाउँमा नयाँ गुण्डा जन्मेका छन्, अब उनिहरु मध्ये कसैले पनि टाउको उठाउने चेष्टा नगरे हुन्छ हामी जुनसुकै बेला बल प्रयोग गर्न सक्छौं ।’

प्रहरीले तयार पारेको गुण्डाको सूचीमा ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका दीपक मनाङ्गे, बिजय गच्छदारको छत्रछाँयामा गुण्डागर्दी गरिरहेका गणेश लामादेखि काभ्रेली समुहका दावा लामासम्म रहेका छन् ।

chabilal joshi

नाम चलेका पुराना गुण्डा बाहेक काठमाडौंको गल्ली–गल्लीमा सक्रिय टोले गुण्डाहरुको समेत सुचि तयार पारेर गोप्य रुपमा निगरानी शुरु गरिएको एसएसपी जोशीले जानकारी दिए । टोले गुण्डाहरुले कुनै अपराध गरेमा तुरुन्तै नियन्त्रणमा लिएर कारवाही गर्नेगरी अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त प्रहरी टोली बनाईएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत