April 30, 2017

काठमाडौं धुलोरहित बन्न चार महिना लाग्ने : राति–राति सडक पखाल्न दमकल

बैशाख १७, धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।

१० वटा ब्रुमर खरिद गरिने
सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ । दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ।’

मेलम्ची आयोजनाले काममा अवरोध
महानगरपालिकाको सडक पखाल्ने अभियानलाई मेलम्ची खानेपानी आयोजनाको सडक खन्ने कामले अवरोध गरेको कार्यकारी अधिकृत पौडेलको भनाइ छ । ‘सडक पखाल्ने काम कालोपत्रे सडकमा मात्र सम्भव छ । तर, काठमाडौंका सडक खनिएका छन् । कालोपत्रे गरिएका छैनन्,’ उनले भने, ‘त्यहाँका सडक पखाल्दा झन् हिलो हुने डर हुन्छ । यसले सडक सफाभन्दा पनि फोहोर हुन जान्छ । महानगरपालिकाको धुलोरहित अभियानमा मेलम्ची खानेपानीले अवरोध गरेको छ ।’

राति–राति सडक पखाल्न ६ वटा दमकल परिचालन

-महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।

-महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धुलोरहित काठमाडौं बनाउन यो अभियान सुरु गरिएको बताए । ‘काठमाडौंका बासिन्दा प्रदूषणबाट ग्रसित छन् । त्यसमध्ये सबैभन्दा धेरै धुलो छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष योजना अघि सारेको हो,’ उनले भने, ‘सडक पखाल्ने अभियान त्यसैको निरन्तरता हो । कालोपत्रे सडक अबको केही दिनभित्रै धुलोरहित बन्नेछ । पूरै सहर धुलोमुक्त हुन अझै चार महिना लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी