काठमाडौंमा फोहोरबाट १४ किलोवाट बिजुली निकाल्ने प्लान्ट सञ्चालनमा

biomethanation-plant-10

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार उद्घाटन गरिएको छ ।

प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।

 

यो प्लान्ट युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको हो । टेकुमा फोहोरबाट बिजुली निकाल्ने गरी यो प्लान्ट तयार भएको छ ।

यसमा काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकालिन्छ ।

यसबाट मिथेन ग्यास उत्पादन भइरहेको छ र, यही ग्यासबाट बिजुली उत्पदन सुरु भएको छ । विजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथालाईजेशन प्लान्टको स्थापना गरी विद्युत, जैविक मल र प्रशोधित पानी उत्पादन हुन्छ ।

उनले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर सहर बनाउने महानगरबासीको सपना छिट्टै पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तरगत सञ्चालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ ।

३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डले पनि निजी क्षेत्रको सहकार्यका ठूलो परियोजना संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । प्लान्ट स्थापनापछि फोहोरबाट विजुली निकालिने विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता पनि हट्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी