मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आएपछि काठमाडौं उपत्याकाबासीले दैनिक २८ करोड लिटर पानी उपभोग गर्न पाउने भएका छन्।
दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं आउनेछ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयकुकेएल)ले औषतमा वितरण गर्ने गरेको ११ करोड लिटर पानीसमेत गरेर २८ करोड लिटर पानी वितरण हुने भएको हो।
कुनै प्राविधिक गडबडी नभए आगामी असोजसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने आयोजनाले दाबी गरेको छ। मेलम्चीको पानी आइसकेपछि २८ करोड लिटर पानी २ लाख ४ हजार धारामा एक साथ बितरण गरिने केयुकेएलका महाप्रवन्धक महेश भट्टराईले बताए।
काठमाडौं उपत्ययका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाप्रवन्धक भट्टराईले नयाँ नेटवर्क र पुरानो नेटवर्क जोडेर एकीकृत गर्ने योजना भइरहेको बताए।
पाइपलाइनको काम तिब्र गतिमा
वितरण सञ्जाल सुधार अन्तर्गत उपत्यकाका विभिन्न भागमा विछ्याउनुपर्ने ६ सय ७० किमी पाइपमध्ये ५ सय ३३ किमी पाइप बिछ्याउने काम सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशपसाद खत्रीले बताए। थोक वितरण प्रणाली अन्तर्गत विछ्याउनुपर्ने ६० किमी पाइपलाइन मध्ये हालसम्म ३९ किमी विछ्याइसकिएको निर्देशनालयले जनाएको छ।
कुल पाँच करोड लिटर पानी भण्डारण क्षमताका ६ वटा पोखरीको ८० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ। मेलम्चीको सुरूङ खन्ने काम सक्नु भन्दा पहिल्यै काठमाडौंमा पाइप विछ्याउने र धारा जोड्ने काम सक्ने समेत निर्देशनालयले जनाएको छ। यसका लागि उपत्यकाका ४० ठाउँमा १२ सय कामदारले चौविसै घन्टा काम गरिरहेका छन्।
आयोजनाको पहिलो चरण अन्तर्गत ८५ हजार नयाँ धाराहरु र अहिले रहेका धाराहरुमार्फत उपत्यकाको चक्रपथभित्र १३ लाख मानिसलाई खानेपानीको आपूर्ति गर्ने खत्रीले बताए।
जेठ मसान्तसम्म आयोजनाले भत्काएको सडक मर्मत भइसक्ने
आयोजनाका कारण काठमाडौंको मुल सडक र सहायक सडक गरी फुटपाथ बाहेक दुई सय किलोमिटर सडकमा पाइप विछ्याउन सडक खन्नुपर्छ। अहिलेसम्म १ सय ५० किमी सडक खन्ने काम भएको छ। फागुन पहिलो सातादेखि पाइप बिछ्याउँदा भत्किएका सडकको पुनस्थापना गर्ने काम सुरू भएको आयोजना निर्देशक खत्रीले बताए। उनका अनुसार जेठ मसान्तसम्म मेलम्चीका कारण भत्किएका सबै सडकहरुको पुननिर्माण भइसक्नेछ।
काठमाडौंका सडक भत्काइएका कारण प्रदुषण बढेको भनिए पनि मेलम्चीको कारण पन्ध्रदेखि बीस प्रतिशत मात्रै प्रदुषण बढेको उनले बताए। यसलाई पनि कम गर्ने प्रयास भइरहेको उनले बताए।
अहिलेसम्म १२ अर्ब सकियो
उपत्यकामा पाइप बिछ्याउने, धारा जोड्ने, पोखरी खन्ने लगायतका कामको लागि २६ अर्ब अनुमान गरिएको छ। अहिलेसम्म १२ अर्ब रूपैया खर्च भएको निर्देशनालयले जनाएको छ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत