५ कात्तिक, काठमाडौं : राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् ।
काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्याइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो । घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको धानुकले बताए ।
म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।