काठमाडौंको धुलो हटाउन ब्रुमर किन्ने

timthumbकाठमाडौं महानगरपालिकाले सडकमा जम्ने धुलो सफा गर्न १० वटा ब्रुमर किन्ने भएको छ।

महानगरका प्रमुख कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार तत्काल सुधारको कार्ययोजना पेस गर्दै ६ महिनाभित्र १० वटा ब्रुमर किनेर सडक सफा गर्ने जानकारी दिए।

काठमाडौंको धुलोले जनस्वास्थ्यमा असर परेको, वातावरणीय प्रदुषण बढेको भन्दै धुलो कम गर्न महानगरले आफ्नो क्षेत्र र आसपासका सडक सफा गर्न ब्रुमर किन्न लागेको हो।
यसअघि नै सडक विभागले चारवटा ब्रुमरले सडक सफा गरिरहेकोछ।

त्यस्तै उपत्यकाका फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रका कम्पनीले पाएपछि हाल सफाइमा रहेका कर्मचारीलाई भित्री सडकमा खटाइने महानगरले जनाएको छ।
महानगरले ६ वटा यस्ता ब्रमुर किन्न टेन्डर प्रक्रिया तयार पारिसकेको अधिकारीहरुले बताएका छन्। ५ घनमिटर क्षमताका एउटा ब्रुमरको खरिददर २ करोड रुपैयाँ पर्न जान्छ। कूल १० वटा किन्न १५ देखि १६ करोड रुपैयाँ लाग्ने महानगरले अनुमान गरेको छ।

केही ५ घनमिटरका र केही थोरै क्षमताका किन्ने योजना बनाएको महानगरलाई बजेटको व्यवस्था सरकारले गरिदिने प्रतिबद्धता जनाएको एक अधिकारीले बताए।
महानगरले पहिलोचरणमा ६ वटा र दोस्रो चरणमा ४ वटा यस्ता ब्रमुर ल्याउने योजना बनाएको छ। जसको लागि टेन्डर प्रक्रिया कम्तिमा पनि तीन महिना लाग्ने हुँदा केही समय लाग्ने प्रमुख कार्यकारी पौडेलले बताए।

हाल महानगरसँग एउटा ब्रमुर छ। ०६८ सालमा चीन सरकारको अनुदानमा दिएका थोरै क्षमताका दुईवटा ब्रुमर भने बिग्रिएर थन्किएका छन्। त्यस्तै सार्क शिखर सम्मेलनको क्रममा खरिद गरिएको एउटा ब्रुमर भने चालु छ।

कस्ता हुनेछन् नयाँ ब्रुमररु

नयाँ ब्रुमर दुई प्रकारका हुने महानगरले जानकारी दिएको छ। एउटा ५ घनमिटर क्षमता र अर्को त्यो भन्दा थोरै क्षमताको। सडकको अवस्था, धुलोको मात्राअनुसार त्यस्ता ब्रुमर परिचालन गरिने महानगरले जनाएको छ।

५ घनमिटरको मेसिनले धेरै धुलो सफा सक्ने अधिकारीले जानकारी दिए। उनका अनुसार माटोको थुप्रोलाई सोस्नसक्ने त्यस्ता मेसिन चलाउन महानगरमा पहिले नै भएका अपरेटरलाई तालिम दिइने छ।

मेलम्चीको पाइप खन्दा सडक धुलाम्मे भएको र पिच गर्दा पनि त्यो धुलो नजाने भएकोले त्यस्तो सडक सफा गर्न महानगरले यस्ता मेसिन किन्ने योजना पहिले नै ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी