April 20, 2020

काठमाडौँमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने

‘लकडाउन’का कारण के तपाई कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी काठमाडौँले तपाईलाई सहयोग गर्न सक्छ।

नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ।

नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौँमा रहेका जो कोहीलाई पनि खान र बस्नेको व्यवस्था गरिनेछ ।

उनले भने, “तपाईहरु जहाँ हुनुहुन्छ, त्यही रहनुस् । खान, बस्नको समस्याले कोही कसैले पनि काठमाडौँ छाड्नु पर्दैन ।” नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरुको सम्पर्कमा जानसमेत आग्रह गरेको छ ।

समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ।

यस्तै केन्द्रीय सदस्य सावित्रा भुसाल, रामेश्वर फुयाँल, सुरेन्द्र मानन्धर, नारायण सिलवाल , वसन्त मानन्धर, अञ्जना विसङ्खे, मुक्ति प्रधान, कुमार पौडेल, पार्वती थापा र दिलीप महर्जनलाई सम्पर्क गर्न आग्रह गरेको छ।

नेकपाले सामाजिक दूरी कायम गर्दै लकडाउनलाई पूर्ण पालना गर्न, कुनै अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्तै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको सो पार्टीले जनाएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने