काङ्ग्रेस इकाई सभापतिको गुण्डागर्दी,जांडको तालमा आफ्नै कार्यकर्तालाई रामधुलाई


१८ असोज,सिन्धुपाल्चोक ।
नेपाली काङ्ग्रेस मेलम्ची-९ ज्यामिरेका इकाई सभापति भुपेन्द्र खड्काले आफ्नै स्थानीय कार्यकर्ता कमल खड्कालाई मरणासन्न हुनेगरी कुटेका छ्न ।

दशैको नवमिको दिनमा स्थानीय भिम बहादुर बस्नेतको पसलमा जांडले मातेर आएका भुपेन्द्रले स्थानीय निर्वाचनमा फेसबुक पोस्टमा कमेन्टको निउ झिकेर स्थानीय युवा तथा काङ्ग्रेस कार्यकर्ता कमल खड्काको गालामा लात्तिले बजाएका थिए । भुपेन्द्रको लात्तीले लडेका उनलाई ढलेको ठाउँमा पनि लाठी र रड लगाएतले हानेर गम्भीर घाइते बनाएको एक स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

अपराध कर्म र गुण्डागर्दीबाट बच्न काङ्ग्रेस पार्टीको सहायता लिएका भुपेन्द्र खड्काको गुण्डागर्दीको बिरुद्ध कानुनी उपचार खोज्ने घाइते कमल खड्काले बताएका छन । ठेक्कापट्टा र गुण्डागर्दी मार्फत अकुत सम्पती कमाएका भुपेन्द्र खड्काको गुण्डागर्दीले चरम सिमा नाघेको उनिसंग पीडित स्थानीयहरुले बताएका छ्न ।                         

१८ गते के भएको थियो भनेर भुपेन्द्र खड्कासंग जिज्ञासा राख्दा “मैले कसैलाई हिर्काएको होइन बरु केटाहरूले झगडा गर्न लागेको अवस्थामा झगडा छुट्याएको” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएर भुपेन्द्र पन्छिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न